वेल्स – आइतवार,०६ जनवरी २०१८ – राज्य समन्वय परिसद, वेल्सको दोश्रो पूर्ण बैठक बिबिध महत्वपूर्ण निर्णयका साथ सम्पन्न भयो। परिसदका अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युको अध्यक्षतामा समपन्न उक्त बैठकमा कार्यसमिति पदाधिकारी महानुभाबहरु तथा सल्लाहकार महानुभाबहरुको धेरै राम्रो उपस्थितिमा महत्वपूर्ण निर्णयहरु गरिएका छन्।
बैठक बिशेष गरि निम्न बिषय बस्तुमा केन्द्रित थियो:
राज्य समन्वय परिसद, वेल्सको स्थापना भएको मिति आईतवार, १७ जुन २०१८ देखि यता भय गरेका संगठनका कार्य सम्बन्धि अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युले संक्षिप्त जानकारी गराउदै कार्यसमिति तथा सल्लाहकारहरु संग भएका जिज्ञाशामा छलफल भयो।
गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सले वेल्समा रहनुभएका नेपालीहरुमा जानकारी मुलक कार्यक्रमहरु आयोजना गर्दै प्रतेक नेपालीको जीवनको उकाली ओरालीको साथी बन्दै हातेमालो गर्ने र साथ साथै सदस्यता पनि बृद्दी गर्दै जाने सम्बन्धमा छलफल हुँदा क्षेत्र अनुसार सदस्यता बृद्दी समिति बनाएर अगाडी बढेमा बढी प्रभाबकारी हुने देखिएकोले निम्नअनुसार सदस्यता बृद्दी समिति गठन गरिएको छ।
सदस्यता बृद्दी समिति:
ब्रेकन:
संयोजक: श्री खिल गुरुङ
सदस्य: श्री रामेस्वोर देवकोटा
सदस्य: श्री खड्क चोङ्गबाङ्ग
सदस्य: सिता गाहा
सदस्य: श्री एक बहादुर आले
कमब्रान र न्युपोर्ट:
संयोजक: श्री खिम क्षेत्री
सदस्य: श्री बद्रि योंग्या
सदस्य: श्री यम पी चेम्जोङ्ग
कार्डिफ:
संयोजक: श्री बलराम अधिकारी
सदस्य: श्री पी सी लिम्बु
सदस्य: श्री अमृत घले
आभारगभेनी:
संयोजक: श्री प्रकाश कंडेल
सदस्य: श्री मेम राज न्यौपाने
सदस्य: श्री कृष्ण भण्डारी
स्वान्सि/निथ र वेल्सका अन्य क्षेत्र:
श्री जीवन के सी
अन्तरक्रिया कार्यक्रमको थप आबस्यकतालाई मध्यनजर गर्दै एउटा बिशेष अन्तरक्रिया कार्यक्रम कार्डिफमा र साना अन्तरक्रिया कार्यक्रमहरु वेल्सका विभिन्न क्षेत्रहरु: स्वान्सि, ल्यानेली, कमब्रान, ब्रेकन, कार्डिफ, न्युपोर्ट वा अन्य क्षेत्रमा आबश्यकता अनुसार सुचारु गर्नेमा सहमति भएको छ।
त्यस्तै गरि नेपाल सरकारको “भिजिट नेपाल २०२०” कार्यक्रमलाई अधिकतम सहयोग गर्ने अभिप्रायले वेल्समा “भिजिट नेपाल २०२०” प्रचार, प्रसारका सम्भावनामा अध्ययन गरि आबश्यक पहल गर्न प्रयास गर्ने निर्णय भयो।
वेल्समा रहेका बिभिन्न स्थानीय सरकार वा काउन्सिल र अन्य बिबिध सामाजिक संग संस्थाहरुसंग सम्बन्धित गतिविधिहरुमा सहभागी हुँदै वेल्समा नेपाल र नेपालीको हित, पहिचान र अन्य सम्बन्धित बिषय बस्तुमा केन्द्रित रहदै बढी भन्दा बढी सामाजिक फलदाहि बाताबरण तयार गर्न बिशेष पहल गर्ने उद्देश्यका साथ राज्य समन्वय परिसद र वेल्समा रहेका नेपाली संस्थाहरु वेल्स गोर्खा कम्युनिटी, कमब्रान, ब्रेकन नेपाली समाज, ब्रेकन र नेपाली समाज वेल्स संग सहकार्य गर्दै आबश्यक पहलकदमी गर्ने बिषयमा सहमत भएको छ।
हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा दिनानुदिन आईपर्ने बिबिध समस्यामा राज्य समन्वय परिसद, वेल्स एउटा Helping hand वा मद्यस्तकर्ताको रुपमा सहयोग गर्न तयार रहेको अनुभूति बिकाश गराउदै सम्पूर्ण वेल्सबासि नेपालीहरुलाई कुनैपनि समस्यामा राज्य समन्वय परिसद संग समन्वय गर्ने बाताबरण तयार गर्दै अगाडी बढ्ने निर्णय भयो।
परिसदको आर्थिक गतिबिधि सम्बन्धि बिस्तृत जानकारी कोषाध्यक्ष श्री विभूषणमान श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।
गैर आबासिय नेपाली संग बेलायत रास्ट्रीय समन्वय परिसद र राज्य समन्वय परिसद बिचको हार्दिक सम्बन्ध, कार्यएकता र अधिकार क्षेत्रका बिषय, अहिलेको परिभेषमा अनलाईन पोर्टल/वेब पेजहरुको भूमिका एबं बिधान संग सम्बन्धित बिषय बस्तुहरु एबं अन्य सम्बन्धित बिषय बस्तुहरुमा आबश्यक राय, सल्लाह र शुझाबका साथ गैर आबासिय नेपाली संगको मूल मर्मका साथ अगाडी बढ्न पहल गर्न सहमति भयो।
र अन्तमा कार्यसमितिको तेश्रो पूर्ण बैठक २८ अप्रिल २०१९ आईतवारका दिन बस्ने निर्णयका साथ बैठक समापन गरिएको थियो।
वेल्सको सुन्दर सहर आभारगाभेनीको
किंग्स हेड होटेलमा आयोजना गरिएको उक्त बैठक बिहान १० बजे शुरु भई दिनको करिब ३ बजे समापन गरिएको थियो।