गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (NRNA-UK State Coordination Council, Wales) र नेपाली समाज वेल्स युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया आयोजना हुने भएको छ | विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि मार्च १६ शनिवारका दिन बिशेष अन्तरक्रिया कार्डिफमा आयोजना गरिने भएको छ | बिसुद्द समसामयिक बिषयमा केन्द्रित रहेर छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहँदै प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ | यस अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद, वेल्सको तेश्रो र बिशेष कार्यक्रम भएको हुँदा कार्यक्रमलाई बढी प्रभावकारी र फलदायी बनाउनको लागि र सबैको प्रश्नहरु सम्बोधन होस् भन्ने उद्देश्यले अन्य अन्तरक्रिया भन्दा फरक ढंगको हुनेछ।
बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित रहनेछ |
१. बिदेशमा बसोबास गरिरहेका नेपालीहरुको नेपाल संगको आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य सम्बन्ध र समस्याको बिषयमा छलफल
२. गैर आबासीय नेपाली नागरिकता सम्बन्धि अहिले सम्मको अभियान र हासिल उपलब्धि – एक समिक्षा
३. भू पु गोर्खा र गैर आवासिय नेपाली सम्बन्ध र सहकार्य
४. बिदेशमा बसोबासरत नेपाली र गैर आवासिय नेपाली संघको सदस्यताको सम्बन्ध
५. राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा गैर आवासिय नेपाली संघले नेपाली समाजलाई पुर्याउदै आएको बिशेष योगदानको समिक्षा
६. प्रश्न र उत्तर
बिशेष उपस्थिति:
– गोबिन्द बेलबासे – अधिबक्ता
– गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिष र राज्य समन्वय परिषद पदाधिकारी तथा सल्लाहकारहरु
कार्यक्रम हुने स्थान: Roath Social Club, 7-11 Cyril Cres, Cardiff CF24 1DQ
मिति: शनिवार, १६ मार्च २०१९
समय: दिनको १२ बजे
कार्यक्रममा सहभागी भई आफ्ना मनमा भएका विभिन्न समसामयिक बिषयबस्तुमाथी छलफल गर्दै प्रश्न र उत्तरका साथ अधिकतम जानकारी लिनु हुन सम्पूर्ण वेल्स निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ |
धन्यवाद !
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स