चैत १७ गते आईतवार राति नेपालको बारा र पर्सा जिल्लामा आएको हावाहुरीको वितण्डा र विनाशले धन जनको अकल्पनीय क्षति पुर्याएको छ। जसका कारण करिब ३० जनाको ज्यान जानका साथै सयौंको संख्यामा घाइते भएका छन्। यस दुखद समाचारले हामी सम्पूर्ण नेपालीको मनलाई छोएको छ। हामी नेपाली जहाँ वसे पनि हाम्रो जन्म भुमिमा भएको संकटलाई आखा चिम्लेर वस्न नसकिदो रहेछ र यस्तो दुखद घडीमा मानवताको नाताले साथै नेपाली भएको नाताले हामीले सहयोग गर्नु हाम्रो मानव धर्म हो।
सेवा नै परम धर्म हो र पानीको थोपा थोपा मिलेर समुन्द्र बनेको कुरा हामी सबैलाई थाहानै छ त्यसै गरी हाम्रो सानो सहयोगले संकटमा रहेका हाम्रा प्रिय दाजुभाई तथा दिदीबहिनीहरुलाई ठुलो राहत हुन सक्छ त्यसैले सकेको सहयोग हामी सबै मिली गरौ भनी यहाँहरुमा हार्दिक अपिल गर्दछौ।
यसै गरि बारा र पर्सामा आएको हावाहुरीको कारण दिबंगत हुनुहुने प्रती गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद वेल्स हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछ।
तलको मध्ये कुनै एक माध्यमबाट यहाँहरुको आर्थिक सहयोगको हार्दिक अनुरोध गरिन्छ।
NRNA – UK SCC Wales
Sort Code: 20-18-17
Acc No: 33024164
रिफेरेन्समा आफ्नो नाम र Nepal लेखिदिनुहुन अनुरोध छ।
अथवा
NRNA – UK कोषाध्यक्ष श्री सचिन श्रेष्ठ 07888 812312 र उपाध्यक्ष तथा आपतकालिन राहत संकलन संयोजक श्रीमती सुशीला राइ 07853 300405
यहाँको सानो सहयोगले दुख र पिडामा रहेका हाम्रा आफ्नै दाजुभाई दिदीबहिनीहलाई ठुलो राहत पुग्नेछ, आउनुहोस संगै हातेमालो गरौँ, हाम्रा जनता र देश रहे हामि रहन्छौं। बाँकि हजुरहरुको हातमा…..
धन्यबाद |
गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद वेल्स |