नेपाली सिमानामा भएको भारतीय अतिक्रमणको बिरुद्धमा गैरआवासीय नेपाली संघ बेलायतको संयोजकत्वमा २ डिसेम्बर २०१९, सोमबारका दिन दिउँसो १२ बजे भारतीय दुताबास लन्डनमा बिरोध कार्यक्रम सम्पन्न भएको छ।
कालापानी लगायत नेपालका बिबिध क्षेत्रमा भारतिय सिमा अतिक्रमण नेपाल र नेपाली विरुद्ध भारतीय पक्षबाट भएका ज्यादतीको बिरोध गर्दै, भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर प्रकाशित गरिएकोमा खेद प्रकट गर्दै उक्त नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको बिरोध कार्यक्रममा सहभागी संपूर्ण देशभक्त बेलायत निवासी प्रबासी नेपालीहरुप्रति राज्य समन्वय परिसद, वेल्स हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
गैरआवासीय नेपाली संघ बेलायतको संयोजकत्वमा सम्पन्न उक्त बिरोध कार्यक्रममा नेपाल र नेपाली प्रतिको मायाँ र सद्भावमा जुटेका बेलायतस्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो।