बिभिन्न निर्णयहरुका साथ दोश्रो बैठक सम्पन्न
NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
फोटो सौजन्य: रमेश न्यौपाने
वेल्स, १२ जनवरी २०२० आईतवार
गैर-आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको २०१९/२१ कार्यसमितिको दोश्रो बैठक किंग्स हेड होटेल, आभारगाभेनीमा सँस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता तथा राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक राम चन्द्र पोखरेलको आतिथ्यमा बसी विभिन्न निर्णयहरुका साथ सु सम्पन्न भएको छ।
प्रस्ताब एबं निर्णय नम्बर १:
राज्य समन्वय परिसद, वेल्सले यस कार्यकालमा हाल सम्म भए गरेका संस्थागत कामहरु प्रति समिक्षा गर्दै गैर-आवासीय नेपाली संघलाई बिदेशमा बसोबास गर्ने प्रतेक नेपालीका हितका लागि काम गर्न रास्ट्रीय, अन्तरास्ट्रिय एबं अन्य राज्य समन्वय परिसदहरुसंग हातेमालो गर्दै आफ्नो तर्फबाट सकेको पहल गर्ने निर्णय भयो।
प्रस्ताब एबं निर्णय नम्बर २:
राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक तथा राष्ट्र...