बिभिन्न निर्णयहरुका साथ दोश्रो बैठक सम्पन्न

फोटो सौजन्य: रमेश न्यौपाने 
वेल्स, १२ जनवरी २०२० आईतवार 
गैर-आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको २०१९/२१  कार्यसमितिको दोश्रो बैठक किंग्स हेड होटेल, आभारगाभेनीमा सँस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता तथा राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक राम चन्द्र पोखरेलको आतिथ्यमा बसी विभिन्न निर्णयहरुका साथ सु सम्पन्न भएको छ।  
प्रस्ताब एबं निर्णय नम्बर १:
राज्य समन्वय परिसद, वेल्सले यस कार्यकालमा हाल सम्म भए गरेका संस्थागत कामहरु प्रति समिक्षा गर्दै गैर-आवासीय नेपाली संघलाई बिदेशमा बसोबास गर्ने प्रतेक नेपालीका हितका लागि काम गर्न रास्ट्रीय, अन्तरास्ट्रिय एबं अन्य राज्य समन्वय परिसदहरुसंग हातेमालो गर्दै आफ्नो तर्फबाट सकेको पहल गर्ने निर्णय भयो।
प्रस्ताब एबं निर्णय नम्बर २:
राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक तथा राष्ट्रिय समन्वय परिसद बेलायतका उपाध्यक्ष राम चन्द्र पोखरेलले रास्ट्रीय समन्वय परिसद बेलायतले नयाँ कार्यसमिति निर्बाचन पश्चात भए गरेका कामहरुको जानकारी गराउनु भयो। 
प्रस्ताब एबं निर्णय नम्बर ३:
राज्य समन्वय परिसद, वेल्सको मनोनित सदस्य एबं सल्लाहकारहरुमा निम्नानुसार मनोनित गर्ने निर्णय भयो। 
मनोनित सदस्यहरु:
मेम राज न्यौपाने र दीपक सुब्बा 
मनोनित सल्लाहकारहरु:
बद्रि योंग्या 
मेजर रिटायर्ड खुशिमान गुरुङ एम भी ओ 
निर लाल मोक्तान 
इन्द्र प्रसाद गुरुङ 
मति प्रसाद पुन 
बाबुराम न्यौपाने 
बाँकि रहेको एक मनोनित सदस्य आगामी बैठकमा पूर्णता दिने तथा सल्लाहकारको हकमा आबश्यकता अनुसार परिपूर्ति गर्ने निर्णय भयो। 
गत सेप्टेम्बरको चुनाबबाट सर्ब सम्मत निर्वाचित कार्यसमिति निम्नानुसार छ। 
अध्यक्ष – कृष्ण प्रसाद भण्डारी
उपाध्यक्ष – अमृत घले 
सचिब – प्रकाश कंडेल 
सह सचिब – संजीभ मैनाली 
कोषाध्यक्ष – विभूषण मान श्रेष्ठ 
सह कोषाध्यक्ष – शोभा राणा पोखरेल 
सदस्यहरु: 
खिम क्षेत्री 
बलराम अधिकारी  
जीवन के सी 
रामेश्वोर देबकोटा 
प्रस्ताब एबं निर्णय नम्बर ४:
रास्ट्रीय समन्वय परिसद, बेलायतको विभागीय प्रतिनिधि माग भए बमोजिम निम्नानुसारका प्रतिनिधिहरुलाई राज्य समन्वय परिसद, वेल्सको प्रतिनिधित्व गर्ने गरि सिफारिस गर्ने निर्णय भयो। 
राज्य समन्वय बिभाग: बलराम अधिकारी 
बिजिनेस बिभाग: मेम राज न्यौपाने  
बाँकि बिभागहरुमा मागलाई मध्यनजर गर्दै कार्यसमितिको सुझाब बमोजिम आबश्यक निर्णय लिन अध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई अनुरोध गरियो। 
प्रस्ताब एबं निर्णय नम्बर ५:
सँस्थाका कोषाध्यक्ष विभूषण मान श्रेष्ठले सँस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो। 
प्रस्ताब एबं निर्णय नम्बर ६:
राज्य समन्वय परिसद, वेल्सको भाबी कार्ययोजना सम्बन्धि छलफल हुँदा, सदस्य महानुभाबहरुमा देखिएका विभिन्न जनगुनासाहरुलाई सम्बोधन गर्न समस्या तथा गुनासाहरुलाई पहिचान गर्दै बिभिन्न जनमुखी कार्यक्रमहरुको तय गर्ने तथा अन्य आबश्यकिय कार्यहरु गर्दै अगाडी बढ्ने निर्णय भयो। 
फोटो सौजन्य: रमेश न्यौपाने 

धन्यवाद !
गैर-आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *