विभागीय धन्यवाद सहित हार्दिक आभार

  

मिती: २८ जुन २०२०

बिभिन्न कारणले बेलायत पाल्नुभएका कोरोना भाइरस (COVID-19) को प्रभाबले लकडाउनमा परि नेपाल फर्कन अत्याबश्यकहरुलाई  बुधवार २४ जुन २०२० मा १४६ शुक्रवार २६ जुन २०२० मा ८३ यात्रुहरु सहित जम्मा २२९ यात्रुहरुको उद्दार कार्य सम्पन्न भएको छ। कोरोना भाईरस प्रभाबको शुरुवात देखिनै गैरआवासीय नेपाली संघ, बेलायतले यस विषम परिस्थितिले उब्जाएको अनेकन समस्यामा परेकाहरुलाई सकेको सहयोग गर्ने अभिप्रायले हेल्प लाईन मार्फत समस्याहरु दर्ता गर्दै आबश्यकता अनुसार सहयोग पुर्याउदै आएको थियो।

समस्यामा परेका कैयौं नेपालीहरुलाई सहयोग गर्ने अभिप्रायले आर्थिक सहयोग संकलन त्यसको उचित परिचालन गरि अगाडी बढ्दै गरेको परिप्रेक्षमा धेरै नेपालीहरुले आफुहरु नेपाल फर्कन अत्याबश्यक रहेको त्यसका लागि आबश्यक पहल गरिदिन अनुरोध आय लगत्तै उपाध्यक्ष राम चन्द्र पोखरेलको संयोजकत्वमा अर्का उपाध्यक्ष मोहन कार्की सहसंयोजक इंग्ल्यान्ड राज्य परिसदका सचिब गोबिन्द खरेल सदस्यसचिब रहेको नामावली संकलन तथा उद्दार समिति बनाई ११ मे २०२० सोमवार देखि नामावली संकलन कार्य शुरु गरिएको थियो।

करिव महिनाको नामावली संकलन पश्चात जुन २०२० सोमवार सम्म गैरआवासीय नेपाली संघ, बेलायत नेपाली राजदुतावास लण्डनमा दर्ता भएका सहित ५०० जनाको नामावली नेपाल सरकारको पररास्ट्र मन्त्रालयमा उद्दारका लागि पहल गर्न अनुरोध पत्र सहित पठाईएको थियो। यस  बिचमा गैरआवासीय नेपाली संघ, बेलायतमा मात्रै करिव ३५० यात्रुहरुले आफ्नो नामावली उद्दारका लागि दर्ता गर्नु भएको थियो।

गैरआवासीय नेपाली संघ, बेलायत नेपाली राजदुतावास लण्डनको संयुक्त प्रयास नेपाल सरकारको सहयोगमा बेलायतबाट उद्दार कार्य सम्भब सफल भएको छ। नेपालमा कोरोनाको संक्रमण बढ्दै अझ बढी भयाबह स्थिति सिर्जना हुँदा हुँदै पनि आफ्ना नागरिकहरुलाई नेपाल फर्काउनका लागि सहज बाताबरण तयार गर्ने नेपाल सरकारको नीति अनुरुप पररास्ट्र मन्त्रालय, नागरिक उड्यान तथा संस्कृति मन्त्रालय एवं नेपाली राजदुतावास लण्डनले खेलेको भूमिका प्रति गैर आवासीय नेपाली संघ बेलायत हार्दिक आभार व्यक्त गर्दछ।

यदाकदा केहि असाधारण कठिनाईहरु भने पक्कै झेल्नुपरेको अनुभब नरहेको भने पक्कै होईन, हामीलाई महशुस भएको थियो कि उद्दार कार्य जुन महिनाको तेश्रो हप्ता भन्दा अझै छिटो गर्न सकेको भए राम्रो हुने थियो   निशुल्क उद्दार गर्न सकेको भए सुनमा सुगन्ध हुने थियो तर नेपाल आफैंले कोरोना संग लड्दै गरेको अप्ठ्यारो परिस्थिति नेपाल सरकारलाई पर्न सक्ने आर्थिक भार त्यतिनै बेला हाम्रा नेपालीहरुलाई नेपाल नफर्किइ नहुने परिस्थितिलाई राम्रो संग नियाल्नु त्यस अनुरुप कार्य गर्न प्रयास गर्नु हाम्रो दायित्व थियो।

सम्बन्धित निकायले एकतर्फी भाडा दर ९२० पाउण्ड तोकेकोमा धेरै महँगो भयो भनेर जनगुनासो नआएको भने होईन। गैरआवासीय नेपाली संघ, बेलायतले खुल्ला प्रतिस्पर्दाबाट आएका कोटेसनका आधारमा भाडा दर तोकौं भन्ने आफ्नो धारणा प्रस्ट रुपमा राखेता पनि नेपाल सरकारले तोके बमोजिम गर्ने भन्ने कुरा नेपाली राजदुतावास लन्डनबाट आएको हुँदा यस बिषयमा यात्रुहरुलाई खासै सहुलियत दिन सकिएन कि भन्ने नलागेको भने पक्कै होईन, भाडादरमा सोचे अनुरुप गर्न नसकेकोमा हामी क्षमा प्रार्थी छौँ। तर कतिपय सबालहरु हामीले सोचे अनुरुप् नहुने रहेछ अथवा हाम्रो मातहत भन्दा बाहिरको हुँदो रहेछ, आशा यस बिषयलाई सम्बन्धित सबैले पक्कै आत्मसाथ गर्नु भएको छ।

दुई चरण गरि बेलायतमा अड्किनु भएका २२९ नेपाली नागरिकहरु नेपाल फर्काउने कार्यमा नेपाली राजदुतावास लण्डनले खेलेको भूमिका प्रति हार्दिक आभार व्यक्त गर्दछौं। राजदुतावास लन्डनको निरन्तर सहयोग बिना नामावली संकलन तथा उद्दार अभियानले सफलता हासिल गर्न गार्हो थियो। बिदाको दिनमा पनि २४/ राजदुतावास खुल्ला राख्दै एरयपोर्ट सम्म पनि कन्सुलेट सेवा उपलब्ध गराउनुको महानतालाई जति मुक्त कण्ठले बयान गरे पनि कमै हुन्छ। महामहिमज्यू, उपनियोग प्रमुखज्यू लगायत राजदुतावास लन्डनको सिंगो टिमलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौं।

जुन महिनाको पहिलो साता सम्ममा नामावली दर्ता गर्ने नेपालीहरु करिब ५०० को हाराहारीमा रहे पनि, जुनको अन्त्य सम्म आईपुग्दा बेलायतमा भन्दा नेपालमा कोरोनाको संक्रमण बढ्दै जानु, बेलायतमा लकडाउन खुकुलो हुँदै जनजीवन सामान्य हुने तिर उन्मुख हुनु, बिद्यालय, विश्वबिद्यालय, व्यापार ब्यबसायहरु बिस्तारै खुल्ने तिर आशाबादी हुनु काठमाडौँका लागि अन्तरास्ट्रिय बायुसेवा अगस्ट महिना देखी खुल्छकि भन्ने संकेतका साथै अन्य बिबिध कारणले २४ जुन २६ जुनमा गरि ३१६ नेपालीहरु नेपाल फर्काउने ब्यबस्थापन भए पनि जम्मा २२९ नेपालीहरु नेपाल फर्कनु भएको थियो। संख्यात्मक हिसाबले सोचेजति नेपालीहरु नेपाल नफर्किए पनि २२९ पनि सानो नम्बर भने पक्कै होइन।

 

गैरआवासीय नेपाली संघ एउटा छाता संस्थाको रुपमा कार्य गर्दै गर्दा २२९ को ठाउँमा २९ मात्रै भएको भए पनि संस्थागत जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहन्थ्यो। गैरआवासीय नेपाली संघ, बेलायत कोरोना महामारी त्यसका असरबाट जुद्धै जुन महिनाको अन्त्य सम्म आईपुग्दा बेलायतबाट अत्याबश्यक रुपमा नेपाल फर्कन चाहनेको संख्या सुन्य भएको थियो हामीले दुई चरणमा अत्याबश्यकहरुलाई नेपाल पठाएपछि पनि केहि नेपालीहरुले आफु नेपाल जान जरुरि भएको भन्दै सम्पर्क गर्नु भएको भए पनि नेपाल जाने माग एकदमै कम भएकोले जुन भन्दा पछि नामावली संकलन कार्य अगाडी बडाईएन तर अन्य सहयोग भने आजका दिन सम्म पनि सुचारु रहेको छ।  

अन्त्यमा, कोरोना भाईरस (COVID-19) को महामारीमा आत्मैदेखि आफ्नो ठाउँबाट बिबिध अभियानमा  शुरु देखि अन्त्य सम्म प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउनुहुने कार्यसमिति एवं अन्य सम्पूर्ण आदरणीय महानुभाबहरु प्रति  हार्दिक आभार व्यक्त गर्दछौं। आशा कोरोना भाईरसको यस महामारीमा हामी सबैले आफ्नो ठाउंबाट आफु बच्न अरुलाई बचाउन सकेको सहयोग गर्ने कार्य कायम रहने छ।


धन्यवाद सहित

राम चन्द्र पोखरेल – उपाध्यक्ष NCC UK तथा संयोजक
मोहन कार्की – उपाध्यक्ष NCC UK तथा सह-संयोजक  
गोबिन्द खरेल – सचिव SCC England तथा सदस्य-सचिब
कोरोना भाईरस (COVID-19): बेलायतबाट नेपाल जान अत्याबश्यकहरुको  नामावली संकलन तथा उद्दार अभियान
तथा कार्यसमिति परिवार
गैरआवासीय नेपाली संघ, बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *