के हो जनगणना?
जनसंख्याको तथ्यांक लिने कार्य हो जनगणना, बेलायतमा प्रतेक १० बर्षमा जनगणना हुने गर्दछ।
किन सहमागी हुने जनगणनामा?
जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा बेलायत सरकारले आऊने १० बर्षका विभिन्न महत्वपूर्ण योजनाहरू तय गर्दछ। कुन क्षेत्रमा कती मानिस बस्छन् भन्ने तथ्यांकका आधारमा स्थानीय काउन्सिलहरूले विकास खर्चको ब्यबस्था गर्दछन्।
अन्य मुलुकका प्रवाशीहरु जस्तै प्रबाशी नेपालीहरु पनि बेलायतमा उल्लेख्य मात्रामा छन् र अन्य मुलुकका प्रबाशीहरुले पाएका भाषागत सुविधाहरु प्रबाशी नेपालीहरुलाई पनि दिलाउन जरुरी छ भन्ने प्रमाण देखाउंदै नैतिक दबाब दिन आवश्यक छ। हुनत यस भन्दा पहिला पनि आंशिक रुपमा नेपाली भाषाहरु स्थानिय तहमा सेवाका रुपमा नदेखिएका भने पक्कै होईनन तर यसलाई अझै शसक्त बनाउंदै सम्पूर्ण स्थानीय र राष्ट्रीय स्तरमा नेपाली भाषालाई स्थापित गराउन सकेमा बेलायतबासी प्रबाशी नेपालीहरुले सेवा सुबिधा लिन सहज हुने लगायत नेपालीको पहिचानमा ठूलो सहयोग पुर्याउने हुंदा हामीले सबै प्रबाशी नेपालीहरुलाई जनगणनामा भाग लिन र प्रस्ट रुपमा नेपाली (NEPALI) लेख्न आह्वान गर्न जरुरि छ।
कसरी सहभागी हुने?
- मार्च महिनाको पहिलो साता तपाईंको घरमा एक्सेस कोड नम्बर सहितको पत्र प्राप्त भए लगत्तै सोहि एक्सेस कोड प्रयोग गरी अनलाईन फारम भर्न सकिनेछ। अनलाईन फारम भर्न यहां Click गर्नुहोस्।
- कागजको फारम भर्न चाहेमा 08005872021 मा फोन गरि फारम मगाउन सकिनेछ।
- नेपालीमा उल्था गरिएको प्रस्नको नमुना फारम हेर्नको लागि यहां Click गर्नुहोस्। तर फारम अंग्रेजीमा नै भर्नु पर्नेछ।
- एक्सेस कोड हराएमा वा तत्काल लीनु परेमा फोन गरी वा निम्न website बाट माग गर्न सकिन्छ यहां Click गर्नुहोस्।
- आवश्यक परेमा आफुलाई विश्वास लागेको अरु कसैको सहायतामा पनी फारम भर्न सकिनेछ।यसरी सहयोग लिंदा सहयोगीले उसको आफ्नै घरको कम्प्युटरबाट तपाईंले दिएको जानकारीको आधारमा तपाईंको फारम भर्न सक्नेछ।
- कागजको फारम भर्नेले आफुसंग भएको कागजको फारम च्यातिएमा, हराएमा वा धेरै केरमेट भएमा माथिको वेबसाईटमा गई नयां फारमको माग गर्न सकिनेछ।
- १०० वर्ष सम्म तपाईंले भरेको विवरण जनगणनामा बाहेक अन्य कहिँ कतै नदिईने हुंदा जनगणना पूर्ण गोप्य रहने छ। त्यसैले तपाईंको बेलायत बसाईको स्टेटस जे भए पनि बिना हिचकिचावट फारम भर्न सकिनेछ।
Ethnic Group मा NEPALI (नेपाली) लेखौं। |
Main Language मा NEPALI (मुख्य भाषामा नेपाली) लेखौं। |
रास्ट्रीयताको प्रश्न?
व्यक्तिगत प्रश्न नम्बर 14 मा एक भन्दा बढी रास्ट्रीयता लेख्न सकिने व्यवस्था छ।
ब्रिटिश नेपालीले BRITISH & NEPALI (ब्रिटिश र नेपाली) दुवै लेख्न सकिने छ भने नेपाली नागरिकले NEPALI Or NEPAL (नेपाली वा नेपाल) लेख्न सकिनेछ।
NEPAL, NEPALI, NEPALESE जे लेखेपनि जनगणनामा NEPALI मा नै जोडिने व्यवस्था छ। सबैको फारममा एक रुपता ल्याउनको लागि र हामीले आफुलाई नेपालि भन्ने गरेको हुंदा NEPALI (नेपाली) लेख्नु बेश होला, निर्णय तपाईंको।
धर्म को प्रस्न?
व्यक्तिगत प्रश्न नम्बर 16 मा आफुले मान्ने धर्म अनुसार लिस्टमा दिएको मध्ये एकमा टीक लगाउन सकिनेछ। लिस्टमा नदिएको भए खाली ठाउंमा आफुले मान्ने धर्म लेख्न सकिनेछ। (प्रश्न नम्बर 16 अनिवार्य भने हॊईन, भरे पनि हुन्छ नभरे पनि हुन्छ)
जनगणनामा आवश्यक ब्यबस्थापन तथा सहयोग गर्ने उद्देश्यले NRNA Wales ले वेल्सका विभिन्न क्षेत्र समेट्ने गरि वेल्समा कार्यरत विभिन्न संस्थाहरुको सक्रियतामा प्रतिनिधि मण्डल गठन गरेको छ। जनगणना सम्बन्धि कुनै पनि सुझाब वा सहयोगको आवस्यकता परेमा निम्न विवरणमा सम्पर्क गर्न सकिनेछ। यस टिमले सहयोगका लागि सकेको पहल गर्नेछ।
जनगणना ब्यबस्थापन तथा सहयोग प्रतिनिधि मण्डल:
- कृष्ण प्रसाद भण्डारी – आभारगाभेनी: 07850534404
- मे. रि. गुप्तमान गुरुङ – ब्रेकन: 07952647324
- मे. रि. खुसीमान गुरुङ एम.भी ओ – ब्रेकन: 07980866001
- बद्रि योंग्या – कम्ब्रान/न्युपोर्ट: 07809468010
- अमृत घले – कार्डिफ: 07775292158
- शोभा राणा पोखरेल – कार्डिफ: 07505571018
- खिम छेत्री – कम्ब्रान/न्युपोर्ट: 07767393573
- निरलाल मोक्तान – कार्डिफ: 07533556790
- टंक राम राई – क्यानेथ्ली: 07872959235
- नरेन्द्र लिम्बु ईधींङ्गो – कम्ब्रान/न्युपोर्ट: 07855552667
- बलराम अधिकारी – कार्डिफ: 07402762358
- भिम सिरिस – ब्रिजेण्ड: 07926902090
- अमर मल्ल – कार्डिफ: 07905365425
- हिमाल गुरुङ – कम्ब्रान/न्युपोर्ट: 07883074135
- बुद्ध कुश – स्वान्सि र निथ: 07725131411
- अमृत मादेन – कम्ब्रान/न्युपोर्ट: 07823325443
- कल्पना कन्दंवा – कार्डिफ: 07868926218
- पदम पुन – कार्डिफ: 07525363281
- भोज नारायण रेग्मी – कार्डिफ: 07402055050
- उमेश थापा – कार्डिफ: 07736915502
- दल बहादुर परियार – साउथ वेस्ट वेल्स/नर्थ वेल्स: 07828737070
- प्रणब खड्का – कार्डिफ विश्वबिध्यालय: 07482535033
- फरिदा तामाङ – स्वान्सि विश्व बिध्यालय: 07378713253
- प्रतिष कुइंकेल – कार्डिफ विश्वबिध्यालय: 07576880887
जनगणना बारे थप जानकारीको लागि:
https://census.gov.uk/en/find-a-support-centre/
08005872021
वेल्समा जनगणना ब्यबस्थापन तथा सहयोग प्रतिनिधि मण्डल किन?
हुनत हामी मध्ये धेरैले जनगणना सम्बन्धि आवश्यक कार्यहरु सबै आफैं गर्न सक्नेछौं तथापी हाम्रा सिनियर बुवा आमा लगायतका अन्य दाजुभाई तथा दिदीबहिनीहरुलाई यस सम्बन्धि सुझाब वा सहयोग चाहिएमा कहां र कसलाई सम्पर्क गर्ने भन्ने बारे थप प्रस्ट पार्दै यस महत्वपूर्ण जनगणनामा सकेसम्म सबै नेपाली तथा नेपाली मुलका बिदेशी नागरिकलाई सहभागी गराउन सकिन्छ कि भन्ने उद्देश्यले वेल्समा जनगणना ब्यबस्थापन तथा सहयोग प्रतिनिधि मण्डल बनाईएको हो।
प्रतिनिधि मण्डलले कसरि कार्य सम्पादन गर्छ?
प्रतिनिधि मण्डलले तपाईंलाई फोन गर्ने वा घरमा ढोका हान्ने काम गर्दैन। मात्र जनगणना सम्बन्धि सचेतना गराउने सामाग्रीहरु विभिन्न सोसल मेडिया मार्फत तपाइं सामु पुर्याउन पहल गर्नेछ र बिशेष गरि यदि तपाईं मध्ये कसैलाई सहयोगको आबश्यकता परेमा आवस्यकताको प्रकृति अनुसार सहयोगको पहल गर्नेछ।
मेरो क्षेत्रबाट प्रतिनिधित्व गर्ने कोहि पनि छैन, मैले कसरि सेवा लिने ?
प्रतिनिधि तपाईंको क्षेत्रबाटै हुनु पर्छ भन्ने छैन, माथि उल्लेखित प्रतिनिधिहरु मध्यबाट जो कोहीलाई पनि सम्पर्क गरेर सेवा लिन सकिनेछ।
अन्तमा: जनगणना सम्बन्धि कुनैपनि जानकारी वा सहयोगको आबश्यकता परेमा आ आफ्नो क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु वा राज्य परिसद वेल्समा सिधै सम्पर्क गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध समेत गरिन्छ।
नोट: यो आर्टिकल बेलायतमा हुंदै गरेको जनगणनामा सहजीकरणको लागि सम्प्रेषण गरिएको हो। जनगणना सम्बन्धि कार्य सम्पादन तपाईंको आफ्नो ईच्छा अनुसार गर्नु गराउनु हुन् अनुरोध छ।
धन्यवाद