के हो हाम्रो अभियान? किन बन्ने एनआरएनए यूकेको सदस्य?

गैर आवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण बेलायत बासी गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा बिकाश गर्दै संस्थालाई जनमुखी, पारदर्शी एवं बिधि र विधान अनुरुप चल्ने स्वस्च अभिभाबक संगठनको रुपमा प्रत्येक नेपालीको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित गर्ने प्रयास हो हाम्रो। गैरआवासीय नेपाली संघ बेलायतलाई एक विसुद्द सामाजिक संस्थाको रुपमा स्थापित गर्दै यस संस्थालाई सबल र सक्षम बनाउंदै सामाजिक परोपकारी संस्थाको रुपमा चिरपरिचित गराउन प्रयास गर्ने हो हाम्रो अभियान। 


बेलायत बासी गैरआवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ बेलायतका विभिन्न गतिविधिहरु यहांहरुले नजिकबाट नियाली रहनु भएको यस परिप्रेक्षमा बेलायत बासी गैर आवासीय नेपालीहरुका माझ फेरी एक पटक निर्णायक समय नजिकिदै गरेको छ। 

एकातिर संस्था भित्र आर्थिक अपारदर्शिता देखि बिधि र बिधान अनुसार जिम्मेवारीपूर्ण कार्य सम्पादन हुन नसकेको गुनासो घाम जस्तै छर्लंग छ भने अर्कोतिर संस्थागत पारदर्शिता तथा संगठनात्मक सुद्दिकरणको आवाजको सहि सम्बोधन नहुने परिस्थिति बिकशित हुंदै अदालतको ढोका सम्म पुगेको नमिठो अनुभब छ हामी संग।  

बिगतमा भए गरेका संस्थागत त्रुटीहरुलाई नजिकबाट केलाउंदै, संस्थागत त्रुटिहरु हुनाका कारणहरुको सहि अध्ययनका साथ त्रुटी भएकोमा पुर्ण रुपमा जवाफदेही बनाउंदै भविष्यमा त्यस्ता खालका गलत प्रवृतिहरु नदोहोरिने संकल्पका साथ समाज सेवामा अविछिन्न रुपमा लाग्नुको कुनै बिकल्प नरहेको यस परिस्थितिमा बिभिन्न क्षेत्रबाट अनुभवी व्यक्तित्वहरु सम्मिलित एक कुशल नेतृत्वको बिकाश गर्दै गैरआवासीय नेपाली संघ बेलायतलाई नितान्त सामाजिक सेवामुलक संस्थाको रुपमा बिकाश गर्ने हाम्रो अभियान हो। 

 हाम्रा आगामी मुख्य कार्यहरु:
  • गैर आवासीय नेपाली संघ बेलायतलाई नर्दन आयरल्याण्ड, वेल्स, स्कटल्याण्ड हुँदै इंगल्याण्डका सबै क्षेत्रमा क्रियाशील बनाउँदै सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै सबै नेपालीको अपनत्वको खातिर एकजुट गराउन पहलकदमी गर्ने।
  • नेपाली नागरिकताको निरन्तरता र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि बृहत अभियान चलाउने ।
  • भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा डटेर मुकाविला गर्ने ।
  • गैरआवासीय नेपाली संघ बेलायतलाई आर्थिक रुपमा पारदर्शी, सबल र सक्षम एवं जिम्मेवार संस्थाको रुपमा स्थापित गर्ने ।
  • बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाहरुसंग सामाजिक सम्बन्ध विकास गर्दै गैर आवासीय नेपाली संघसंग सहज रुपमा सहकार्य गर्ने वातावरणको सिर्जना गर्ने ।
  • जनहितसंग प्रत्यक्ष सरोकार राख्ने कार्यहरुमा संस्थागत कोष सही परिचालन एवं नेपाली भाषा, कला, साहित्य, संस्कृति, खेलकुद तथा पर्यटन प्रवर्द्धन साथै लगानी एवं विकासका लागि कार्य गर्ने ।
  • गैरआवासीय नेपाली संघ बेलायतका पूर्वजहरु एवं बेलायती नेपालीहरुको मनोभावना र चाहनाअनुसार नेपाल हाउस प्रोजेक्ट सफल पार्न जुट्ने ।
  • बेलायती नेपालीहरुका सुखदुखमा साथ, सहयोग र सुझावका लागि गैर आवासीय नेपाली संघ बेलायतको आफ्नै सम्पर्क कार्यालय दीर्घकालिन रुपमा संचालनमा ल्याउन पहल गर्ने ।

हाम्रो चाहना गैर आवासीय नेपाली संघ बेलायतलाई सुद्दिकरण गर्दै जनमुखी संस्थाको रुपमा स्थापीत गर्ने भन्ने हो। यस संस्था अन्तर्गत कार्य तथा सहकार्य गर्ने हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुमा सामाजिक, आर्थिक तथा अत्याबश्यक बैधानिक एवं कानुनि सचेतना बृद्दी गर्दै सहि नेतृत्व बिकाश गर्ने दिर्घकालिन अभियान हो यो, त्यसैले हामीले गरेका प्रत्येक संस्थागत क्रियाकलापहरुमा पूर्ण सचेत एवं पूर्ण जिम्मेवारीका साथ अगाडी बढेका छौँ। र अहिलेको यस परिस्थितिमा तपाईंहरुले सकेको सहयोग गरि हाम्रो यस अभियानमा साथ दिनु हुनेछ भन्नेमा पूर्ण आशावादी रहेका छौँ।  

एनआरएनए यूकेको सदस्यता दर्ता गर्नको लागि Click here वा https://members.nrna.org/signup गएर वा मोबाईलमा Smart NRNA App डाउनलोड गरेर सदस्यता दर्ता गर्न सकिनेछ। 

सदस्यता सम्बन्धि केहि जिज्ञाशा भएमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। 

धन्यवाद 

राम चन्द्र पोखरेल 
उपाध्यक्ष 
गैर आवासीय नेपाली संघ बेलायत 

Leave a Reply

Your email address will not be published. Required fields are marked *