NRNA Wales

Month: May 2021

के हो हाम्रो अभियान? किन बन्ने एनआरएनए यूकेको सदस्य?

Members, NRNA, NRNA membership, NRNA UK, NRNA Wales
गैर आवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण बेलायत बासी गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा बिकाश गर्दै संस्थालाई जनमुखी, पारदर्शी एवं बिधि र विधान अनुरुप चल्ने स्वस्च अभिभाबक संगठनको रुपमा प्रत्येक नेपालीको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित गर्ने प्रयास हो हाम्रो। गैरआवासीय नेपाली संघ बेलायतलाई एक विसुद्द सामाजिक संस्थाको रुपमा स्थापित गर्दै यस संस्थालाई सबल र सक्षम बनाउंदै सामाजिक परोपकारी संस्थाको रुपमा चिरपरिचित गराउन प्रयास गर्ने हो हाम्रो अभियान। बेलायत बासी गैरआवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ बेलायतका विभिन्न गतिविधिहरु यहांहरुले नजिकबाट नियाली रहनु भएको यस परिप्रेक्षमा बेलायत बासी गैर आवासीय नेपालीहरुका माझ फेरी एक पटक निर्णायक समय नजिकिदै गरेको छ। एकातिर संस्था भित्र आर्थिक अपारदर्शिता देखि बिधि र बिधान अनुसार जिम्मेवारीपूर्ण कार्य सम्पादन हुन ...