NRNA Wales

Month: September 2021

राजदुतावासको घुम्ती कन्सुलेट सेवा सहित बृहत अन्तरक्रिया

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको सहकार्यमा नेपाली राजदुतावास यूकेको तर्फबाट वेल्स राज्यमा आगामी अक्टोबर ३ का दिन घुम्ति कन्सुलेट सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत महामहिम लोक दर्शन रेग्मीज्यू लगायत राजदुतावासको टोलिले वेल्समा रहनुभएका नेपालीहरुलाई आईपरेका नेपाली राजदुतावास संग सम्बन्धित सरकारी काम, सेवा तथा सुविधा प्रदान गर्ने भएको हुँदा निम्न मिति, स्थान र समयमा आ आफ्नो काम वा समस्या सहित उपस्थित हुन् सम्पूर्ण वेल्सबासी नेपाली महानुभाबहरुमा सूचना सम्प्रेषण गरिएको छ। वेल्सभर छरिएर रहनुभएका धेरै भन्दा धेरै नेपाली समुदायलाई यो सेवावाट ठुलो सहयोग पुग्ने विश्वास लिंदै यस महत्वपुर्ण कार्यक्रममा स्थानीय संघ संस्थाहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने हुँदा यस कार्यमा समन्वयकरी भुमिकासहित सहभागी ...

वेल्स – २०२१ -२३ कार्यकालको पहिलो बैठक सम्पन्न

Heading news, Meeting, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
वेल्स - ५ सेप्टेम्बर २०२१ आईतवारका दिन गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सका प्रमुख संरक्षक तथा रास्ट्रीय समन्वय परिसद युकेका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युको आतिथ्यता तथा राज्य समन्वय  परिसद वेल्सका अध्यक्ष श्री कृष्ण भन्डारी ज्युको अध्यक्षतामा राज्य समन्वय परिषद वेल्सको २०२१ -२३ का लागि नव गठित कार्य समितिको पहिलो भौतिक बैठक सम्पन्न भएको छ । बैठकमा निम्न अनुसारको उपस्थितिमा निम्न अनुसारको छलफल तथा निर्णयहरु भयो।  उपस्थिती - १. श्री राम चन्द्र पोखरेल-प्रमुख संरक्षक राज्य समन्वय परिषद वेल्श तथा उपाध्यक्ष रास्ट्रीय समन्वय परिषद युके २. श्री कृष्ण भन्डारी - अध्यक्ष राज्य समन्वय परिसद वेल्स ३. श्री अमृत घले - उपाध्यक्ष ४. श्री दिपक सुब्बा - सचिब ५. श्री सन्जिब मैनाली - सह-सचिब ६. श्री विभूषणमान श्रेष्ठ - कोषाध्यक्ष ७. श्रीमती शोभा राणा पोखरेल - सह-कोषाध्यक्ष ८. ...