नेपालको बिकासमा टेवा पुर्याउन र विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको संरक्षण गर्न संगठित रुपले अघि बढ्नका लागि आधारभूत विश्वमानब अधिकारलाई मनन गरि “गैर-आबासीय नेपाली संघ” को स्थापना गरि संचालन भईरहेको सन्दर्भमा यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका आम गैर आवासीय नेपालीहरुको हक हितका सुरक्षा र प्रबन्ध गर्न नेपालीहरुको साझा र प्रतिनिधि मुलक संस्थाको रुपमा बिकाश गर्दै गैर आबासीय नेपाली पुँजी र मानब संसाधनलाई नेपालको चौतर्फी बिकासमा लगानी गर्न नेपाल सरकार र नेपाली उधमीहरुसंग साझेदारी स्थापना गर्ने र त्यसको विकास गर्दै बेलायत र विश्वभर छरिएर रहेका नेपालीहरुको माझ नेपाली कला संस्कृति र भाबनालाई सधै उँचो राख्न आबश्यक पहल गर्दै अगाडी बढ्न “गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स” स्थापना गरिएको छ |
बेलायतमा बसोबास गर्ने गैर आबासीय नेपालीहरुको हक, हित र अधिकारको निम्ति कार्य गर्न, नेपालीहरुलाई एकबद्ध गर्न, नेपाल भित्र र बाहिरका संघ सँस्थाहरुसंग समन्वय गर्दै उनीहरुको उदेस्यलाई प्रबर्धन गरि नेपाल र नेपालीको हितमा योगदान पुर्याउन एक स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक र गैर सरकारी सँस्थाको रुपमा विकास गर्दै यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका सम्पूर्ण गैर आवासीय नेपालीहरुको हक हितको सुरक्षा र प्रबन्ध गर्न “गैर-आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्स” प्रतिबद्द रहेको छ |
स्थापना: १७ जुन २०१८