राम चन्द्र पोखरेल उपाध्यक्ष एवं अभियान संयोजक – गैरआवासीय नेपाली संघ बेलायत |
के हो नामावलि सँकलन अभियान?
कोरोना भाईरस (COVID-19) को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजूभाईहरु आफ्नो परिवार तथा आफन्तहरु सँग पुनर्मिलन हुन वा आफ्नो मातृभूमि फर्कन बाट बन्चित हुनु परेको छ।
बेलायत भ्रमणमा आएर भिषा सिद्दिएर कहिले नेपाल फर्कन पाईन्छ भनेर बस्नुभएका कैंयौं महानुभाबहरु, बिबिध समस्या झेलेर एता बस्नुभन्दा आफ्नो घर फर्कन चाहने बिध्यार्थीहरु र अन्य बिभिन्न परिस्थितिले बेलायत आई फर्कनबाट बन्चित हुनु भएकाहरु एवं यूके मा बसोबास गर्ने नेपाली जसको केहि महत्वपूर्ण कामले नेपाल जानुपर्ने भएपनि हालको यस परिस्थितिले बेसहारा जस्तै बनाइदिएको छ।
त्यसैले यस अभियानको मूल उद्देश्य भनेको बेलायतमा भ्रमण गर्न आउनुभएका नेपाली, कुनै सेमिनार, गोष्टि, तालिम वा अन्य कामले बेलायत आउनु भएका नेपालीहरु, बिद्यार्थीहरु र बेलायतमा बसोबास गर्ने गैर आवासिय नेपालीहरु नेपाल जान अत्याबश्यक परेको तर कोरोना भाईरस (COVID-19) को कारण नेपाल जानबाट बन्चित हुनु भएको भए उहाँहरुको नामावली संकलन गरि नेपाल सरकार एवं अन्य सरोकार वालाहरु संग समन्वय गरि नेपाल जान सहजीकरण गर्ने भन्ने हो।
यो अभियानले कसरी काम गर्छ?
यस अभियानमा सर्बप्रथम नामावलि सँकलन गरिनेछ, सँग सँगै नेपाली दूतावास लन्डन मार्फत र NRNA को आफ्नै प्रत्यक्ष पहलमा नेपाल सरकारलाई NRNA UK सँग भएको नेपाल जान अत्याबश्यक भएका नेपालीहरुको संख्या उपलब्ध गराउँदै स्थितिको जानकारीका साथ उद्दारका लागि सकेको पहल गरिनेछ।
क-कस्लाई प्राथमिकतामा राखिएको छ?
बेलायत भ्रमणमा आउनु भएका, सेमिनार, तालिम, गोष्टि वा अन्य छोटो समयको लागि आउनु भएका, बिधार्थीहरु एवं अन्य गैरआवासीय नेपाली हरुलाई क्रम बद्द रुपमा प्राथमिकतामा राखिनेछ।
नेपाल फर्कने टिकट खर्च कसले ब्यहोर्छ?
टिकट बुकिङ खर्च यात्रुले ब्यहोर्नु पर्ने हुन्छ।
नेपालीहरु नेपाल फर्कन नेपाल सरकारलाई गुहार्ने भनेको होईन र?
हो, तर अहिलेको यस विषम परिस्थितिमा नेपाल फर्काउन ब्यबस्थापन गर्न सकियो भने त्यो नै महत्वपुर्ण हो। नेपाल सरकार आफैं विश्व भरिका नेपालीहरुको दबाब सहित आर्थिक भारमा परिरहेको अबस्थामा यात्रुलाई निशुल्क उद्दार गर्न सफल भयो भने सुनमा सुगन्ध भयो नै। तर टिकट बुकिङ खर्च यात्रुले ब्यहोर्नु परेपनि ठिकै छ तर उद्दार गर्न पहल गरिदिन पर्यो भन्ने हो।
यूकेबाट जाँदा स्वास्थ्य परीक्षण हुन्छ कि हुँदैन?
हुन्छ, गैरआवासीय नेपाली संघ बेलायतका स्वास्थ्य बिभाग एवं COVID-19 का सँयोजक डा सुनिल शाह र NRNA UK सँग आबद्द मेडिकल टिमको सल्लाह र सुझाव अनुसार यस बारेमा बिस्तृत जानकारी भविष्यमा आदानप्रदान गरिनेछ।
नेपालमा गएपछि क्वारेन्टाइनमा बस्नुपर्ने कि नपर्ने?
यस बारेमा नेपाल सरकारको नियम अनुसार हुनेछ।
क्वारेन्टाइनमा बस्नुपर्ने भए त्यसको खर्च कसले ब्यहोर्छ?
नेपाल सरकारको नियम अनुसार हुनेछ, यात्रुले ब्यहोर्नु पर्ने पनि हुन सक्छ।
कहिले सम्ममा नेपाल उड्न पाईएला?
यो कुरा COVID-19 सम्बन्धि नेपाल सरकार र बेलायती सरकारको नितिमा भर पर्छ। NRNA UK को माग यथासक्य चाँडो उद्दार हुनुपर्यो भन्ने हो। यदि कारण बस त्यसो हुन नसकेमा कम्तिमा पनि लक डाउन अलिकति खुकुलो र हवाई मार्ग सुचारु हुने बित्तिकै NRNA UK सँग नामावली टिपाउनु भएका यात्रुहरु उड्नु पर्छ भन्ने हाम्रो मान्यता हो। NRNA UK को तर्फबाट यस कार्यको लागि सकेको पहल गरिनेछ।
अब के गर्दा राम्रो होला?
यहाँहरुले फारम नभरेसम्म तपाईंको नाम रजिस्टर नहुने हुँदा ढिला नगरिकन यस लिंकमा गई Online Form फारम भर्नुहोस्। त्यो डाटाको आधारमा बाँकि कार्य अघि बडाउन NRNA UK लाई सहज हुनेछ।
आबश्यक अपडेट कसरि थाहा पाउने?
NRNA UK को वेबसाईट NRNA UK हेर्दै गर्नुहोला, अथवा तल उल्लेखित फोन र इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। अथवा अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबाट पनि जानकारी लिन सक्नुहुनेछ।
धन्यवाद
राम चन्द्र पोखरेल
उपाध्यक्ष एवं अभियान संयोजक
गैरआवासीय नेपाली संघ बेलायत
07411357621
feedback.nrnauk@gmail.com