‘कोरोना भाइरस’ (COVID-19) बाट कसरी बच्ने? यो आर्टिकल पढ्नुहोस !

गैर आवासिय नेपाली संघ संग आबद्द सम्पूर्ण आदरणीय सदस्य तथा शुभचिन्तक एबं विश्व भरि छरिएर रहनुभएका आदरणीय महानुभाबहरु हार्दिक नमस्कार 
विश्वभर तिब्ररुपमा फैलिरहेको  ‘कोरोना भाइरस’ (COVID-19) महामारीको कारण विश्वनै व्यापक रुपमा त्रसित भैरहेको कुरा विभिन्न पत्र पत्रिका, अनलाइन खबर, रेडियो, टेलिभिजन तथा अन्य माध्यमहरुबाट अपडेट भैरहेको परिप्रेक्षमा यस विषम परिस्थितिमा आ आफ्नो ठाउँबाट सकेको सतर्कता अपनाउन सामाजिक संघ सँस्था देखि सरकार सम्मले आ आफ्नै तवरले जनचेतना जगाउने कार्यहरु भईरहेको छ। यसै विषम परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले पनि विश्वभर छरिएर रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई  ‘कोरोना भाइरस’ (COVID-19) को महामारीबाट बच्न र बचाउन Social Distancing, सरसफाई, खानपिन तथा दिनानुदिन गरिने कार्यहरुमा पूर्ण सतर्कता अपनाउन हार्दिक अपिल गरिसकेको छ। 
यस विषम परिस्थितिमा गैर आवासिय नेपाली संघ, बेलायत राज्य समन्वय परिसद वेल्सको आपतकालीन बैठक २४ मार्च २०२० मंगलबारका दिन बसी आफ्ना कार्यसमिति तथा सल्लाहकारको सिंगो टिमलाई आबश्यक सहयोगका लागि परिचालन गर्ने पूर्ण तयारीका साथ हार्दिक आह्वान गरेको छ। हाम्रा नेपाली दादुभाई तथा दिदीबहिनीहरुमा परेका समस्याहरुको पहिचान गर्दै त्यसको प्रकृति अनुसारको सकेको सहयोग गर्न राज्य समन्वय परिसद वेल्स  प्रतिबद्द रहको जानकारीका साथ अत्याबश्यक जानकारीहरु सम्प्रेषण गरिएको छ। 
‘कोरोना भाइरस’ (COVID-19) बाट कसरि बच्ने वा के गर्ने, के नगर्ने भन्ने बारे जानकारीको लागि NHS UK को तलको लिंकमा हेर्नुहोला 

कुन अबस्थामा बाहिर जान सकिने? 
  •  दिनको एक पटक व्यायामको लागि एक्लै अथवा आफ्नो घर परिवारसँग मात्र सुरक्षित ठाउँमा बाहिर जान सकिने 
  • खाना तथा अति आबश्यक सामग्री खरिद गर्न, औषधि लिन वा स्वास्थ्य उपचार गर्नको लागि मात्र बाहिर जान सकिने
  • यदि आफ्नो काम घरबाटै गर्न सम्भब नभए कामगर्ने क्षेत्रमा मात्र जान र घर आउन सकिने
  • आफु संगै बस्ने परिवार बाहेक टाडा रहेका परिवार, ईस्टमित्र, साथीभाई कसैलाई पनि भेटघाट गर्न आफु बाहिर जान वा बाहिर बाट अन्य कोहि घरमा बोलाउन नपाईने  
  • अत्याबश्यक सामान खरिद गर्नुपर्ने भएमा सकेसम्म डेलिभरी सेवाको प्रयोग गर्नुपर्ने 

यदि माथि दिएका निर्देशनलाई बेवास्ता गरि बाहिर निस्केमा प्रहरीले जरिवाना लगाउन वा अन्य कारवाही गर्न सक्नेछ।
‘कोरोना भाइरस’ (COVID-19) बाट कसरि सुरक्षित रहने?
  • साथमा सधै न्यापकिन राख्नुहोस 
  • हाच्हीऊँ गर्दा वा खोक्दा सधै न्यापकिनले मुख छोप्नुहोस 
  • न्यापकिन प्रयोग गरिसकेपछि बिनमा फाल्नुहोस र हात धुनुहोस 
  • कम्तिमा २० सेकेन्ड सम्म साबुन वा हात धुने जेल प्रयोग गरि हात धुनुहोस 
  • यदि उपलब्ध भएको खण्डमा ह्यान्ड  स्यानिटाईजरको प्रयोग गर्नुहोस 
  • घरमा रहेका झ्याल ढोका, बाथरुमका ह्यान्डल  वा अन्य बढी प्रयोग हुने ठाउँ वा बस्तुहरु स्यानिटाईजरले सफा गर्नुहोस 
  • एक अर्काको मुखबाट निस्केको थुक वा थुकको छिटाबाट ‘कोरोना भाइरस’ को संक्रमण हुने प्रबल सम्भावना रहेको हुँदा अर्को ब्यक्तिसंग कम्तिमा पनि २ मिटर को दुरीमा रहनुहोस 
  • कम्प्युटर, मोबाईल वा अन्य लगातार प्रयोग गरीने मेसिनरी सामान लगातार स्यानिटाईजरले सफा गर्नुहोस
  • नाक, मुख र आखाँ नछुनुहोस, किनकि तपाईको हातमा भाईरस रहेको भए हातबाट भाईरस नाक, मुख र आखाँ मार्फत संक्रमण हुन् सक्छ 

‘कोरोना भाइरस’ (COVID-19) का लक्षण के के हुन?
  • 37.8 C वा 100.04 F वा त्यसभन्दा बढी ज्वरो आउनु 
  • लगातार रुपमा शुक्खा (फुको) खोकी लाग्नु 
  • सास फेर्न गार्हो हुनु 
  • अत्यधिक टाउको दुख्नु 
  • शरीर गल्नु वा नातागत हुनु 

‘कोरोना भाइरस’ (COVID-19) को शंका लागेमा के गर्ने?

  • लक्षण देखिएमा ७ दिन सम्म घरमै बस्नुहोस, यतिबेला अस्पताल वा चिकित्सककोमा नजानुहोस 
  • प्रयाप्त मात्रामा जुस, पानि र पोषिलो खानेकुरा खानुहोस जसले तपाईंको रोग सँग लड्ने क्षमता बढाउँन सहयोग गर्नेछ  
  • प्रतेक १५ देखि ३० मिनेटमा जुस वा पानि पिउनुहोस जसले मुखमा भएको भाईरस पखालेर पेटमा पुर्याउछ, भाईरस श्वास प्रश्वास बाट फोक्सोमा गएमा भाईरसले अझै नराम्रो रुप लिन सक्नेछ* 
  • ७ दिन सम्म पनि लक्षणहरुमा सुधार नआएको खण्डमा १११ मा सम्पर्क गर्नुहोस 
  • यदि लक्षणहरु अझै खराब हुदै गएमा आपतकालीन उपचारको लागि ९९९ मा सम्पर्क गर्नुहोस  

‘कोरोना भाइरस’ (COVID-19) सम्बन्धि बिस्तृत जानकारीको लागि WHO को तलको लिंकमा हेर्नुहोस
‘कोरोना भाइरस’ (COVID-19) को सम्बन्धमा बेलायत सरकारले जारी गरेको आपतकालीन सहयोग सम्बन्धि जानकारीको लागि तलको लिंक हेर्नुहोला 
बेलायतमा भ्रमणमा रहेकाको भिषा सिद्दियो वा सिद्दिदै छ के गर्ने?

बेलायत सरकारले ‘कोरोना भाइरस’ (COVID-19) को असरले बेलायत भ्रमणमा आई आफ्नो देश फर्कन नसक्नु भएकाहरुका लागि अहिलेको लागि 24 January देखि 31 May 2020 सम्ममा भिषा सिद्दिनेहरुका लागि भिषा थप्ने व्यवस्था मिलाएको कुरा नेपाली दुतावास लण्डनले जानकारी गराएको छ।
यस सम्बन्धि अन्य जानकारीको लागि तलको लिंकमा जानुहोस 
पेन्सन बुझ्न नेपाल जानुभएका र  ‘कोरोना भाइरस’ (COVID-19) का कारण नेपालबाट बेलायत फर्कन सकेको छैन, अब के हुन्छ?
 पेन्सन बुझ्न केहि समयको लागि नेपाल जानुभएका र  ‘कोरोना भाइरस’ (COVID-19) का कारण नेपालबाट बेलायत फर्कन नसकेकाहरुका लागि बेलायतको MoD संग यस बिषयमा आबश्यक सहकार्य भईरहेको कुरा नेपाली दुताबास लण्डनले जानकारी गराएको छ भने यस बिषयमा नआत्तिन र आबश्यक परेमा नेपाली दुताबास लन्डनमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। 
नेपाली दुताबास लन्डनमा सम्पर्क गर्नका लागि तलको लिंकमा जानुहोस 
  
माथि उल्लेखित कुनैपनि समस्या समाधानका लागि सहयोगको आबस्यकता परेमा गैर आवासिय नेपाली संघ बेलायतको हेल्प लाईन 07795086674 मा सम्पर्क गर्न सक्नु हुनेछ। 
अथवा 
तल उल्लेखित कुनै एक माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ 
राम चन्द्र पोखरेल, उपाध्यक्ष, एनआरएनए यूके 
07411357621 
राज्य समन्वय परिसद वेल्स:

अध्यक्ष – कृष्ण प्रसाद भण्डारी  07850534404 
उपाध्यक्ष – अमृत घले   07775292158 
सचिब – प्रकाश कंडेल   07886794605 
सह सचिब – संजीभ मैनाली   07412276806 
कोषाध्यक्ष – विभूषणमान श्रेष्ठ   07446776401 
सह कोषाध्यक्ष – शोभा राणा पोखरेल   07505571018
सदस्यहरु: 
खिम छेत्री   07767393573 
बलराम अधिकारी   07402762358 
रामेश्वोर देवकोटा   07846842093 
जिबन केसी   07908332843 
मेमराज न्यौपाने   07908031157 
दिपक सुब्बा   07429082134
सल्लाहकारहरु:
बद्रि योंग्या   07809468010 
मे.रि. खुसीमान गुरुङ एमभीओ  07980866001 
निरलाल मोक्तान   07533556790 
इन्द्र प्रसाद गुरुङ   07727062119 
मति प्रसाद पुन   07828083957 
बाबुराम न्यौपाने   07947219010 
कृपया आफु बचौं र अरुलाईपनि बचाऔं। 
*माथि उल्लेखित जानकारीहरु गैर आवासिय नेपाली संघ संग आबद्द सदस्य तथा शुभचिन्तक एबं सम्पूर्ण देश बिदेशमा रहनुभएका महानुभाभारुका लागि ‘कोरोना भाइरस’ COVID-19 को विषम परिस्थितिमा केहि हद सम्म सहयोग गर्न सकिन्छकि भन्ने अभिप्रायले सम्प्रेषण गरिएको हो। हाम्रा व्यक्तिगत स्वास्थ्य अवस्था एबं अन्य परिस्थितिहरु व्यक्ति अनुसार फरक फरक हुने हुँदा सोहि अनुसार लीईदिनुहुन हार्दिक अनुरोध छ। 
धन्यवाद       
गैर आवासिय नेपाली संघ, बेलायत राज्य समन्वय परिसद, वेल्स 

Leave a Reply

Your email address will not be published. Required fields are marked *