राम चन्द्र पोखरेल
अध्यक्ष
गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स
|
भुमिका
नेपालको बिकासमा
टेवा पुर्याउन र विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैरआवासीय नेपालीहरुको हितको संरक्षण गर्न संगठित रुपले
अघि बढ्नका लागि आधारभूत विश्वमानब अधिकारलाई मनन गरि “गैरआवासीय नेपाली संघ” को स्थापना गरि
संचालन भईरहेको सन्दर्भमा यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा
बसोबास गरिरहेका आम गैरआवासीय नेपालीहरुको हक हितका सुरक्षा र प्रबन्ध गर्न
नेपालीहरुको साझा र प्रतिनिधि मुलक संस्थाको रुपमा बिकाश गर्दै गैरआवासीय नेपाली पुँजी र मानब संसाधनलाई नेपालको चौतर्फी बिकासमा लगानी गर्न नेपाल
सरकार र नेपाली उधमीहरुसंग साझेदारी स्थापना गर्ने र त्यसको विकास गर्दै बेलायत र
विश्वभर छरिएर रहेका नेपालीहरुको माझ नेपाली कला, संस्कृति र भाबनालाई सधै उँचो राख्न आबश्यक पहल गर्दै अगाडी
बढ्न “ गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स” स्थापना गरिएको छ | बेलायतमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारको निम्ति कार्य गर्न, नेपालीहरुलाई एकबद्द गर्न, नेपाल भित्र र बाहिरका संघ सँस्थाहरुसंग समन्वय
गर्दै उनीहरुको उदेश्यलाई प्रबर्धन गरि नेपाल र नेपालीको हितमा योगदान
पुर्याउन एक स्वतन्त्र, गैरनाफामुलक, गैरराजनीतिक र गैरसरकारी सँस्थाको रुपमा विकास
गर्दै यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका
सम्पूर्ण गैरआवासीय नेपालीहरुको हक हितको सुरक्षा र
प्रबन्ध गर्न “गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स” प्रतिबद्द रहेको छ |

मेरा केहि शब्दहरु
आ आफ्नै परिबेशले
बिदेशिएका तपाईं हामी कोहि विधार्थीका रुपमा त कोहि काम गर्ने सिलसिलामा वर्कपरमिट
लिदै त कोहि २०० बर्ष भन्दा बढी पुरानो बेलायती गोर्खा भर्ती हुँदै अझ भनौं भने
बेलायत – भारत – नेपाल सम्झौताको
(त्रिपक्षीय सन्धि १९४७) बाटो त कोहि अन्य बाटो हुदै यस बिदेशी माटोमा रम्न
र जम्न सफल भयौं भने अर्को तिर बिभिन्न परिबेशले जेलिएर दब्न पनि बाध्य भएका छौँ रहरले
भनौं या करले या भनौं आ आफ्नै खालका बाध्यताले !

हामी मध्ये धेरै
जसो नेपालीहरु नेपालमा रहँदा गास, बास र कपासको उकुस मुकुस लाग्दो समस्याबाट
छुटकारा पाउँदै जीवनलाई अलिकति भएपनि सक्षम
बनाउदै राहत लिने र दिने लोभ मनमा पालेर दुई चार पैसा कमाउने आशामा विदेशिनु पर्यो भने कैयौं हामी नेपालमा भए गरेका र लिएका शिक्षा र सिपमा अझ बढी शिक्षित हुदै आफ्नो काममा अझ बढी दख्खल हुने अभिलाषाका साथ विश्वका विभिन्न देशमा विभिन्न रुपमा
ठोक्किन पुग्यौं। समय बिद्दै जाँदा
नेपालमा जस्तै विदेशमा पनि गास, बास र कपासको जोहो गर्दै
बर्ष पछि बर्ष गुज्रिदै गए।

बासस्थानको
व्यवस्था, बालबच्चाहरुको
पढाई, दिनानुदिनको
कार्य व्यस्ततालाई सहज बनाउने उद्देश्यले किनिएको एउटा
पुन्टे कार हुँदै आफ्नै भन्न मन लाग्ने एउटा सानो घर जोड्दै विदेश बसाईको चाँजो पाँजो
मिलाउदै जाँदा र जीवनका संघर्षलाई आफ्नो दैनिकी बनाउदै अगाडी बढ्दै जाँदा समय
बितेको पत्तै भएन। कैयौं ब्यबधानहरुसंग
सिंगौरी खेल्दै जाने क्रममा कतिपय दिनानुदिनका कामहरु अलिक सहज होस् भन्ने हेतुले
कतिपयले एतैको आवासीय भिषा (Permanent
Residency) लिए त कतिले
रातो पासपोर्ट। उसलाई एताको चाँजो पाँजो मिलाउँदा मिलाउँदै केहि बर्ष पहिला
मात्रै छाडेर आएको जन्म भुमि सँगको सम्बन्ध बिस्तारै बिस्तारै पातलो हुँदै गएछ, उसलाई पत्तै भएन!

धेरै दुख गरेर
बिदेशमा कमाएको पहिलो तलब र त्यसबाट जोडेका केहि चल, अचल सम्पत्तिमा सपना सजाउँदा सजाउँदै र मनमा खेलाउँदा खेलाउँदै त्यसको स्वामित्वमा आईपरेका प्रश्न चिन्ह यदा कदा सल्बलाउन थालेछ। अनि लाग्न
थाल्योकी कतै भुँईको टिप्न खोज्दा पोल्टाको त पोखिदै छैन? विदेशी भूमिमा पाउण्ड र डलरको ऋण चुक्ता गर्ने कागजको हिसाब किताब गर्दै जाँदा
जन्म थलोको आफ्नो रगत र पसिनाले आर्जेर जोडेका सुकी र मोहरहरु बिस्तारै बिस्तारै बिलाउन खोज्दै त
छैनन?

पोल्टाको पोखिदै
गएको ज-जस्ले पत्तो पाए उनीहरुले लड्दैछन् अनि एदा कदा सफलता मिल्न खोजेकोमा
अलिकति खुशी हुँदै अझै लड्दैछन ति अग्रजहरु ! सलाम छ ति अग्रजहरुलाई जसले आफ्नो
व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको स्वार्थलाई आत्मसाथ गर्दै भोक, थकाई र व्यस्ततालाई एकातिर पन्छाएर लगातार
लडिरहेका छौ। आखिर उपलब्धि हासिल भएमा
त्यो उपलब्धि उनीहरुका लागि मात्र नभएर प्रत्यक प्रबासी नेपालीका लागि हुनेछ, त्यसमा कुनै दुई मत छैन।

देशमा बसौं या
बिदेशमा, आम जनताले पाउने
अधिकार मागेर सजिलै पाउन गार्हो छ, त्यसैले नै त संघर्षको जन्म हुन्छ। र त्यस खालका
संघर्षहरु एक्लैले वा केहि सिमित व्यक्तिले गरेर सम्भब छैन। कैयौं मुद्दाहरु जन्मभूमि संग सम्बन्धित होलान त कैयौं
मुद्दाहरु कर्म भुमि संग सम्बन्धित होलान आखिर हाम्रो बल भनेको संगठित हुँदै मजबुत
संगठनको माध्यमबाट आफ्ना हक र अधिकार प्राप्तिका लागि एक्यबद्दता जनाउदै होस्टेमा
हैंसे गर्दै एक आपसमा सहयोग गर्नुको विकल्प छैन।
र यस्ता खालका काममा सफलताको लागि असल र अनुभवी चालकको आबस्यकता पर्दछ।
अहिलेको अबस्थामा त्यो चालक भनेको गैरआवासीय नेपाली संघ
देखिन आएको छ। किनकि गैरआवासीय नेपाली संघ
नेपाल सरकारले मान्यता दिएको सँस्थाको रुपमा स्थापित भएकाले नेपालको विभिन्न
कानुनी सरोकारमा समेत नेपाल सरकारले गैरआवासीय नेपाली संघ संग समन्वय गर्ने बाताबरण स्थापित
भएको छ। त्यतिमात्र नभएर गैरआवासीय नेपाली संघ विश्वका करिब ८० देशमा नेटवर्किङ्गका रुपमा बिस्तार हुँदै गएको छ यसमा रहेका अनुभवी, कर्मठ तथा शिक्षित व्यक्तित्वहरुसंग हातेमालो
गर्न सकेमा आम प्रबासी नेपालीहरुका कैयौं मुद्दाहरु विश्वका प्राय सबै देशहरुमा सरल र सहज तरिकाले
अगाडी बढ्न ठुलो सहयोग मिल्ने देखिन्छ।

समृद्द नेपाल
सुखी नेपाली भन्ने मूल नाराका साथ सम्पूर्ण प्रबाशी नेपालीहरु एक हुँदै आगाडी
बढेको खण्डमा देश वा बिदेशमा लगानीका ढोकाहरु बिस्तारै खुल्दै जाने
र यदि लागानी गर्न ईच्छुक रहेमा लगानी गर्दै आफु संगसंगै देशलाई समृद्द बानाउन
सकिन्छ। हामी सबैलाई आफ्नो जन्मभुमि र त्यहाँ रहेका हाम्रा दाजुभाई, दिदीबहिनी, आफन्तजन तथा
सन्ततिहरु सुखी र समृद्द देख्नु छ भने देश बिकास हुनु जरुरी छ र देश बिकास त्यतिकै हुँदैन
पुँजी चाहिन्छ विश्वमा छरिएर रहेका पुँजि लगानी गर्ने बाताबरण तयार गर्नु अहिलेको टट्कारो
आबश्यकता देखिन्छ।

त्यति मात्र
नभएर नेपाली कला, संस्कृति र भेषभुषालाई हृदयदेखि आफ्नै सम्झेर मायाँ गर्दै विश्वमा छरिएर
बसेका तपाइँ हामीले त्यी कला र संस्कृतिलाई बचाई राख्न सकेमा नेपाल संगको हाम्रो अविरल मायाँ र सम्बन्ध हाम्रा सन्ततिका पालासम्म पनि
प्रगाड भई बस्नेछ, किनकि तपाइँ हामी जति सुकै बिकसित र धनि भएपनि आफ्नो संस्कृति बिना हामी अधुरो रहन्छौं।

नेपाल एउटा
रंगिन फुलबारी हो भने हामी जनता ति फुलमा रम्ने रंगिन भमरा र पुतलीहरु हौँ यदि ति रंगिन भमरा र पुतलीहरु बचाई राख्न मन छ भने रंगिन फुलबारी बचाई राख्न अतिनै
आबश्यक देखिन्छ। त्यसैले कुन जात, कुन जिल्ला वा कुन धर्म भनेर बिमति गर्नु भन्दा पनि हामी
सम्पूर्ण नेपाली सिंगो नेपालीका रुपमा मात्र एक ढिक्का हुन सकेमा हाम्रो सान र
पहिचान अटल रहने छ र त्यसैमा हामी सबैको भलो हुनेछ।

त्यसैले आउनुहोस
सुखमा संगै हाँसौं, दुखमा संगै मजबुत हुँदै अगाडी बढौं। गैरआवासीय नेपाली संघलाई उर्जा थप्दै अर्को उचाइमा पुर्याउनु हाम्रो कर्तब्य हुन आएको छ।

को हो गैरआवासीय नेपाली?
नेपाल सरकारले
ब्याख्या गरे अनुसार विधार्थीका र सरकारी काम
काजको लागि खटिएका कर्मचारी बाहेक कुनै पनि व्यक्ति दुई बर्ष भन्दा बढी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य रास्ट्र भन्दा बाहिरका देशमा बसोबास गरेको छ भने उ गैरआवासीय नेपाली हो। वर्क परमिट, आवासीय भिषा वा बिदेशी पासपोर्ट जस्ता जुनै तरिकाले
बिदेशमा रहेको भएता पनि दुई बर्ष भन्दा बढी बिदेशमा (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य
रास्ट्र) बसेकालाई गैरआवासीय नेपाली मानिएको छ। यस सम्बन्धि अन्य
जानकारीको लागि यो लिंकमा हेर्नुहोस https://uk.nepalembassy.gov.np/nrn-id/

हालमा सरसर्ती
हेर्दा गैरआवासीय नेपाली संघ संग सम्बन्धित नागरिकता वा यस संग जोडेर हेरिने
नागरिकताका किसिमहरु: (बिदेशमा धेरै सुन्नमा आएका):

१. दोहोरो
नागरिकता
नागरिकता
३. गैरआवासीय नेपाली नागरिकता
के हो दोहोरो
नागरिकता?
नागरिकता?
एक देशको
नागरिकले उसको देशको नागरिकता कायमै राखी अर्को देशको नागरिक सरह समान अधिकार भोग
चलन गर्ने गरि लिईने वा दिईने अर्को नागरिकताको व्यवस्था हो दोहोरो नागरिकता।
विश्वका सबै देशमा दोहोरो नागरिकताको व्यवस्था नभए पनि केहि देशमा यस्तो व्यवस्था
भएको देखिन्छ, जस्तै बेलायत। बेलायतमा अन्य देशका नागरिकले पनि तोकिएको समय बेलायतमा बसोबास
गरेपछि बेलायती नागरिकता लिन पाउने प्राबधान छ।
जब बेलायती नागरिकता प्राप्त गरिन्छ त्यहाँका अन्य नागरिक सरह प्राय सबै समान अधिकार
भोग चलन गर्न पाईन्छ। भने नेपाल दोहोरो
नागरिकताको प्राबधान भएको देशमा पर्दैन। नेपाल दोहोरो नागरिकताको प्राबधान नभएको
देश भएकोले यदि कसैले अन्य देशको नागरिकता लिए पछि पनि नेपाली नागरिकता देखाई
कारोवार गरेमा कानुन अनुसार सजाय गर्ने कानुनी प्राबधान छ।

उदाहरण: डेविड
एक नेपाली नागरिक थिए र उनीसंग नेपाली नागरिकता पनि थियो तर पछि ५ – ७ बर्षको
बेलायत बसाई पछि बेलायती नागरिकता र पासपोर्ट लिए तर नेपाल आउँदा जाँदा नेपाली
पासपोर्ट प्रयोग गर्ने वा नेपालमा गई नेपाली नागरिकता देखाई घर, जग्गा वा अन्य कारोबार वा ब्यबसाय गरिएको
देखिएमा वा भेटिएमा त्यो कानुनी रुपमा गलत ठहर हुनेछ र नेपालको कानुन अनुसार
कारबाही हुन् सक्छ।

के हुन् दोहोरो
नागरिकताका बिषयमा बाहिर आएका समाचार र
भिडियोहरु?
नागरिकताका बिषयमा बाहिर आएका समाचार र
भिडियोहरु?
यदाकदा समाचारमा उल्लेख गरिएका विषयहरु नयाँ होइनन । पहिलादेखिनै भईराखेको सजायलाई बढाउने प्रस्ताव हो। बेलायत वा अन्य देशको नागरिकता लिईसकेको ब्यक्तिले नेपाली
नागरिकता प्रयोग गरेर नेपालमा सम्पत्ति किनेर लालपुर्जा बनाउनेको सम्पत्ति गुम्ने
मात्र नभएर पहिला एक वर्षसम्म कैद हुन सक्ने ब्यवस्था थियो त्यसमा अव पाँचवर्षसम्म
बनाउने र त्यस्तै गरि दण्डित गर्ने रकम बढाउने प्रस्ताव हो
अहिलेको चर्चित बिषय। यो बिषय नयाँ नभएर, पहिल्यै भएको कानुनी ब्यबस्थालाई बढाउँन मात्र लागिएको हो। हामीले बढाएको गलत भयो, पहिलाको जति हुनुपर्छ भन्नुको अर्थ हुँदैन । किनकि सजाय वा दण्ड हुने वा नहुने भन्ने कुरा
पहिलो बिषय हो भने कति सजाय भन्ने कुरा दोश्रो।

यस्ता समाचार वा
भिडिओ बनाउने व्यक्ति, समूह वा पत्रकारहरुले गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता र दोहोरो नागरिकता बीचको फरक समेत नबुझि
समाचार वा भिडिओ बनाएको देखिन्छ । प्रमुख कुरा के हो भने गैरआवासीय नेपाली नागरिकता, नागरिकता निरन्तरता र दोहोरो नागरिकता बीचको फरक
राम्रो संग बुझ्नु अति आबश्यक छ।

दुई शब्दमा दोहोरो
नागरिकताको ब्याख्या
नागरिकताको ब्याख्या
विदेशको
नागरिकले नेपालको नागरिकता लिँदा दुवै मुलुकको नागरिकता कायम रहने व्यवस्था हो
दोहोरो नागरिकता।

के हो नागरिकता निरन्तरता?
नेपालको नागरिकले विदेशको नागरिकता लिएपनि नेपालको नागरिकता बदर नहुने व्यवस्था हो नागरिकता निरन्तरता।
माग नागरिकता
निरन्तरताको?
निरन्तरताको?
गैरआवासीय नेपालीले दोहोरो नागरिकताको माग नगरी नागरिकताको निरन्तरता भन्नुको
मतलब नेपालीले विदेशको नागरिकता लिएर दुवै देशको नागरिकता लिन, राख्न वा उपभोग गर्न पाउने तर विदेशीले नेपालको
नागरिकता लिन विदेशको नागरिकता परित्याग गर्नु पर्ने तर्क संग सम्बन्धित छ।

विदेशीले
नेपालको नागरिकता प्राप्त गर्ने सर्तका बिषयमा गैरआवासीय नेपालीको भन्नु केहि छैन र नागरिकता निरन्तरताको व्यवस्था गर्दैमा
बिदेशीहरु नेपालमा बढ्छन भन्ने तर्क कुनै पनि कोणबाट सान्दर्भिक देखिदैन। नागरिकता निरन्तरताको व्यवस्थाले एकपालिको नेपाली सधै नेपाली भैराख्ने व्यवस्था मात्र गर्छ।

के हो गैरआवासिय नागरिकता? – (हक होइन सुबिधा)
नेपालको संविधान २०७२ ले गरेको गैरआवासीय नागरिकताको बिषयमा केहि अन्योलता र केहि
भ्रमहरु छलफलमा आएका छन। यस बिषयमा
सर्बप्रथम बुझ्नु पर्ने कुरा के हो भने नेपालको संविधान २०७२ को धारा १४ ले दिन सकिने भनेको गैरआवासीय नागरिकता हो तर नेपालको नागरिकता होईन। नेपाली मुलको विदेशीलाई
दिईने सुबिधा हो। यसले मौलिक हक प्रदान गर्दैन।

स्मरण रहोस:
नेपाली नागरिकता त्याग्नेलाई मात्र गैरआवासीय नागरिकता दिन
सकिने व्यवस्था छ। गैरआवासिय नागरिकलाई हक होईन सुबिधा मात्र दिन सकिने प्राबधान संविधानले गरेको हो, त्यसमा पनि राजनैतिक अधिकार चाही सरकारले चाहेर
पनि दिन नपाउने भन्ने व्यवस्था हो।

नेपालको संविधान २०७२ धारा १४ ले गरेको व्यवस्था
“गैरआबासिय नेपाली नागरिकता प्रधान गर्न सकिने:
बिदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको
सदस्य रास्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा बंसजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि बिदेशी
मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने
गरि नेपालको गैरआबासीय नागरिकता प्रदान गर्न सकिने।”

गैरआवासिय नेपाली संघको अहिलेको अबस्था
गैरआवासिय नेपाली संघले संस्थाको स्थापना काल देखिनै नागरिकता निरन्तरताको मागलाई
अगाडी सार्दै आए पनि विभिन्न राष्ट्रिय सुरक्षाका कारणहरु देखाउदै नेपालको
संबिधानमा “बिदेशी मुलुकको
नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य रास्ट्र
बाहेकका देशमा बसोबास गरेको साबिकमा बंसजको वा जन्मको आधारमा निज वा निजको बाबु वा
आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि बिदेशी मुलुकको नागरिकता प्राप्त गरेको
व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने
गरि नेपालको गैरआबासीय नागरिकता प्रदान गर्न सकिने।” भन्ने उल्लेख
छ। तथापी गैरआवासीय नागरिकता सम्बन्धि
बिस्तृत स्पस्ट धारणा भने आउन बाँकि नै छ।

त्यसैले बुझ्नु
पर्ने महत्वपूर्ण कुरा के छ भने गैरआवासीय नेपाली संघको माग दोहोरो नागरिकता होईन, नागरिकता निरन्तरता पहिलो प्राथमिकता हो
यदि त्यसो हुन् नसकेमा गैरआवासीय नागरिकता ग्रहण गर्दै बाँकि रहेका मागहरुलाई क्रमिक रुपमा अगाडी बडाउँदै जाने भन्ने हो।

गैरआवासीय नेपाली संघको सदस्यता किन?
Ø प्रवासमा रहेका
नेपालीहरुको साझा परिवार
नेपालीहरुको साझा परिवार
Ø सबै आस्था र
विचारको साझा मञ्च
विचारको साझा मञ्च
Ø विशुद्ध
सामाजिक तथा गैरराजनीतिक संस्था
सामाजिक तथा गैरराजनीतिक संस्था
Ø वैयक्तिक
स्वतन्त्रताको पक्षपाति संस्था
स्वतन्त्रताको पक्षपाति संस्था
Ø सबै धर्म,
समुदाय,
वर्ग, जातजाति र
संस्कृतिको पुञ्ज
समुदाय,
वर्ग, जातजाति र
संस्कृतिको पुञ्ज
Ø खुसीमा
रमाइदिने, दुःखमा साथ दिने साथी
रमाइदिने, दुःखमा साथ दिने साथी
Ø प्रवासमा
हुर्केका नयाँ पुस्तालाई नेपालको सामिप्यमा राख्ने माध्यम

Ø विदेशीलाई
नेपाल चिनाउने खुल्ला किताव
नेपाल चिनाउने खुल्ला किताव
Ø प्रवासमा समेत
नेपाली कला, संस्कृतिलाई फैलाउने संवाहक
नेपाली कला, संस्कृतिलाई फैलाउने संवाहक
Ø नेपालको पर्यटन
प्रबद्र्धनमा निरन्तर लागि पर्ने प्रबद्र्धक
प्रबद्र्धनमा निरन्तर लागि पर्ने प्रबद्र्धक
Ø प्रवासमा
बगाएको पसिनाले नेपाली माटो सिञ्चित गर्ने नहर

Ø विदेशी
लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने उत्प्रेरक

Ø नेपाली एकताको
पहिचान विश्वभर फैलाउने माला
पहिचान विश्वभर फैलाउने माला
Ø समग्रमा
नेपालीका लागि नेपालीकै साझा संस्था हो एनआरएनए

त्यसैले ढिला नगरौं, गैरआवासीय नेपाली संघको सदस्य बनौं, दुःख साटौं,
खुशीमा रमाऔं,
प्रवासमै रहेर
पनि मातृभूमिका लागि योगदान गरौं ।
खुशीमा रमाऔं,
प्रवासमै रहेर
पनि मातृभूमिका लागि योगदान गरौं ।
माथि उल्लेखित विवरणहरुमा कुनै कुरामा चित्त नबुझेमा वा कतै त्रुटी
भेटिएमा कृपया इमेल मार्फत सुझाब पठाउनु हुन् अनुरोध छ।

गैरआवासीय नेपाली संघ बेलायत राज्य
समन्वय परिसद, वेल्स
समन्वय परिसद, वेल्स
सामग्री रिफरेन्स:
गोबिन्द बेलबासे – अधिबक्ता
योग कुमार फगामी – अध्यक्ष – गैर
आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद, बेलायत