अर्को बिशेष अन्तरक्रिया कार्यक्रम नोभेम्बर २५ मा

गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स (Non-Resident Nepali Association-UK State Coordination Council, Wales) र ब्रेकन नेपाली सामाज युकेको सहकार्यमा अर्को बिशेष  अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ | जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि नोभेम्बर २५ आईतबारका दिन बिशेष अन्तरक्रिया कार्यक्रम ब्रेकनमा आयोजना  गरिने भएको छ  | आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ |
बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित रहनेछ |
१. गैर आवासिय नेपालीहरुको नेपाल संगको आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य सम्बन्ध र समस्याको बिषयमा छलफल
२. भू पु गोर्खाहरु गैर आवासिय नेपाली भित्र पर्छन कि पर्दैनन?
३. गैर आवासिय नेपाली र NRNA सदस्यता
४. राष्ट्रिय र अन्तरास्ट्रिय NRNA ले नेपाली समाजलाई गरेका बिशेष योगदानको समिक्षा 
५. राज्य समन्वय परिषद, वेल्स र वेल्सबासी नेपालीको सम्बन्ध 
६. प्रश्न र उत्तर कार्यक्रम 
बिशेष उपस्थिति:
– गोबिन्द बेलबासे, अधिबक्ता  र अभियन्ता – नेपाली नागरिकताको निरन्तरता
– गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिष र राज्य समन्वय परिषद पदाधिकारी तथा सल्लाहकारहरु
कार्यक्रम हुने स्थान: Brecon Town, LD3 7AA
मिति: आईतवार, २५ नोभेम्बर २०१८
समय: दिनको १२ बजे
कार्यक्रममा सहभागी भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिनु हुन् सम्पूर्ण वेल्स निवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ |
धन्यवाद !
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *