Author: NRNA WALES

PAST Events 2020

PAST Events 2020

Past events
09 February 2020 Organisation department's Interaction with community leaders venue:  Empire Hall Aldershot Time: 2 - 5pm 19 January 2020 NCC UK EC 3rd Meeting  Venue: Barcode Restaurant 24 Calderwood Street Woolwich, London SE18 6QW Time: 11 - 5 12 January 2020 SCC Wales EC 2nd Meeting  Venue: Kings Head Hotel  59-60 Cross Street AbergavennyNP7 5EU
राजदुतावासको घुम्ती कन्सुलेट सेवा सहित बृहत अन्तरक्रिया

राजदुतावासको घुम्ती कन्सुलेट सेवा सहित बृहत अन्तरक्रिया

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको सहकार्यमा नेपाली राजदुतावास यूकेको तर्फबाट वेल्स राज्यमा आगामी अक्टोबर ३ का दिन घुम्ति कन्सुलेट सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत महामहिम लोक दर्शन रेग्मीज्यू लगायत राजदुतावासको टोलिले वेल्समा रहनुभएका नेपालीहरुलाई आईपरेका नेपाली राजदुतावास संग सम्बन्धित सरकारी काम, सेवा तथा सुविधा प्रदान गर्ने भएको हुँदा निम्न मिति, स्थान र समयमा आ आफ्नो काम वा समस्या सहित उपस्थित हुन् सम्पूर्ण वेल्सबासी नेपाली महानुभाबहरुमा सूचना सम्प्रेषण गरिएको छ। वेल्सभर छरिएर रहनुभएका धेरै भन्दा धेरै नेपाली समुदायलाई यो सेवावाट ठुलो सहयोग पुग्ने विश्वास लिंदै यस महत्वपुर्ण कार्यक्रममा स्थानीय संघ संस्थाहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने हुँदा यस कार्यमा समन्वयकरी भुमिकासहित सहभागी ...
वेल्स – २०२१ -२३ कार्यकालको पहिलो बैठक सम्पन्न

वेल्स – २०२१ -२३ कार्यकालको पहिलो बैठक सम्पन्न

Heading news, Meeting, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
वेल्स - ५ सेप्टेम्बर २०२१ आईतवारका दिन गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सका प्रमुख संरक्षक तथा रास्ट्रीय समन्वय परिसद युकेका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युको आतिथ्यता तथा राज्य समन्वय  परिसद वेल्सका अध्यक्ष श्री कृष्ण भन्डारी ज्युको अध्यक्षतामा राज्य समन्वय परिषद वेल्सको २०२१ -२३ का लागि नव गठित कार्य समितिको पहिलो भौतिक बैठक सम्पन्न भएको छ । बैठकमा निम्न अनुसारको उपस्थितिमा निम्न अनुसारको छलफल तथा निर्णयहरु भयो।  उपस्थिती - १. श्री राम चन्द्र पोखरेल-प्रमुख संरक्षक राज्य समन्वय परिषद वेल्श तथा उपाध्यक्ष रास्ट्रीय समन्वय परिषद युके २. श्री कृष्ण भन्डारी - अध्यक्ष राज्य समन्वय परिसद वेल्स ३. श्री अमृत घले - उपाध्यक्ष ४. श्री दिपक सुब्बा - सचिब ५. श्री सन्जिब मैनाली - सह-सचिब ६. श्री विभूषणमान श्रेष्ठ - कोषाध्यक्ष ७. श्रीमती शोभा राणा पोखरेल - सह-कोषाध्यक्ष ८. ...

Congratulations to newly elected NRNA UK NCC Executive Committee for 2021-23

Congratulations to newly elected NRNA UK NCC Executive Committee for 2021-23 NRNA UK Election NRNA Election 2021
1. Prem Gaha Magar - President2. Ram Chandra Pokharel - Vice President3. Narayan Kandel - Vice President4. Mohan Karki - Vice President5. Sunil Babu Khadka - Vice President6. Shakuntala Gurung - Vice President (Female)7. Gobind Kharel - Vice President8. Khusi Limbu - General Secretary 9. Bishnu Chalise - Secretary10. Namrata Ghale - Secretary (Female)11. Gyanendra Ale Magar - Secretary12. Bishnu Prasad Kharel - Treasure13. Shasanka Sharma - Joint Treasure14. Bimala Limbu - Female Coordinator15. Tirtha Bahadur Malla - Youth Coordinator16. Suman Sharma - Member17. Indira Khaniya - Member18. Upendra Paudel - Member19. Hira Sapkota - Member20. Bishal Rai - Member21. Suresh Pariyar - Member22. Champa Thapa Magar - Member23. Bhim Lal Khanal - Member24. Bhanu Bhakta Ghimire - Member25. Chet ...
गैर आवासीय नेपाली संघ बेलायतको निर्वाचन २०२१ सम्बन्धि जानकारी

गैर आवासीय नेपाली संघ बेलायतको निर्वाचन २०२१ सम्बन्धि जानकारी

NRNA, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
 निर्वाचन सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा यहाँ क्लिक गर्नुहोस धन्यवाद !
के हो हाम्रो अभियान? किन बन्ने एनआरएनए यूकेको सदस्य?

के हो हाम्रो अभियान? किन बन्ने एनआरएनए यूकेको सदस्य?

Members, NRNA, NRNA membership, NRNA UK, NRNA Wales
गैर आवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण बेलायत बासी गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा बिकाश गर्दै संस्थालाई जनमुखी, पारदर्शी एवं बिधि र विधान अनुरुप चल्ने स्वस्च अभिभाबक संगठनको रुपमा प्रत्येक नेपालीको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित गर्ने प्रयास हो हाम्रो। गैरआवासीय नेपाली संघ बेलायतलाई एक विसुद्द सामाजिक संस्थाको रुपमा स्थापित गर्दै यस संस्थालाई सबल र सक्षम बनाउंदै सामाजिक परोपकारी संस्थाको रुपमा चिरपरिचित गराउन प्रयास गर्ने हो हाम्रो अभियान। बेलायत बासी गैरआवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ बेलायतका विभिन्न गतिविधिहरु यहांहरुले नजिकबाट नियाली रहनु भएको यस परिप्रेक्षमा बेलायत बासी गैर आवासीय नेपालीहरुका माझ फेरी एक पटक निर्णायक समय नजिकिदै गरेको छ। एकातिर संस्था भित्र आर्थिक अपारदर्शिता देखि बिधि र बिधान अनुसार जिम्मेवारीपूर्ण कार्य सम्पादन हुन ...
नजिकिंदै जनगणना – एकपटक पढ्नै पर्ने आर्टिकल

नजिकिंदै जनगणना – एकपटक पढ्नै पर्ने आर्टिकल

Uncategorized
के हो जनगणना?जनसंख्याको तथ्यांक लिने कार्य हो जनगणना, बेलायतमा प्रतेक १० बर्षमा जनगणना हुने गर्दछ। किन सहमागी हुने जनगणनामा?जनगणनाबाट प्राप्त तथ्यांकका आधारमा बेलायत सरकारले आऊने १० बर्षका विभिन्न महत्वपूर्ण योजनाहरू तय गर्दछ। कुन क्षेत्रमा कती मानिस बस्छन् भन्ने तथ्यांकका आधारमा स्थानीय काउन्सिलहरूले विकास खर्चको ब्यबस्था गर्दछन्। अन्य मुलुकका प्रवाशीहरु जस्तै प्रबाशी नेपालीहरु पनि बेलायतमा उल्लेख्य मात्रामा छन् र अन्य मुलुकका प्रबाशीहरुले पाएका भाषागत सुविधाहरु प्रबाशी नेपालीहरुलाई पनि दिलाउन जरुरी छ भन्ने प्रमाण देखाउंदै नैतिक दबाब दिन आवश्यक छ। हुनत यस भन्दा पहिला पनि आंशिक रुपमा नेपाली भाषाहरु स्थानिय तहमा सेवाका रुपमा नदेखिएका भने पक्कै होईनन तर यसलाई अझै शसक्त बनाउंदै सम्पूर्ण स्थानीय र राष्ट्रीय  स्तरमा नेपाली भाषालाई स्थापित गराउन सकेमा बेलायतबासी प्रबाशी नेपालीहरुल...
वेल्समा जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन

वेल्समा जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन

Census 2021, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
वेल्स - २८ फेब्रुवरी २०२१ बेलायतको वेल्स, नर्दन आयरल्याण्ड र इंग्ल्यान्डमा यहि मार्च २१ का दिन  हुँदै गरेको जनगणनालाई मध्यनजर गरि गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सले वेल्सभरि समेट्ने गरि वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन गरेको छ।२८ फेब्रुवरी, आईतवारका दिन एनआरएनए यूकेका उपाध्यक्ष राम चन्द्र पोखरेलको प्रमुख आथित्यमा वेल्स राज्य समन्वय परिसदका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको परिसदको बैठकले वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल मनोनयन गरेको हो। वेल्समा रहेका विभिन्न नेपाली संस्थाहरुको सक्रिय सहभागितामा वेल्सका सबै क्षेत्र समेटिने गरि प्रतिनिधि चयन गरिएको हो। जस अनुसार नेपाली समाज वेल्स यूके, वेल्स गोर्खा कम्युनिटी कम्ब्रान, ब्रेकन नेपाली समाज, क्यानेथ्ली गोर्खा नेपाली समाज, कार्डिफ विश्वबिध्यालयमा अध्ययनरत बिद्यार्थी संगठन - कार्ड...
वेल्समा जनगणना सम्बन्धि अन्तरक्रिया

वेल्समा जनगणना सम्बन्धि अन्तरक्रिया

Census 2021, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
२१ फेब्रुवरी २०२१ - आईतवार - वेल्स यही मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिताका बारेमा वेल्समा अन्तरक्रिया सम्पन्न भएको छ ।गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिको आयोजनामा भएको सो कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारीले बेलायतको कानुनअनुसार बसोबास गर्ने सबैले जनगणनामा भाग लिनैपर्ने र जनगणनामा भाग नलिइएको थाहा पाएमा १ हजार पाउण्डसम्म जरिवाना र कालोसूचीमा राखिन सक्ने बताए। जनगणनामा भरिएका विवरणहरु सरकारका कुनै पनि निकायले १०० वर्षसम्म हेर्न नपाउने कानुनले नै ग्यारेन्टी गरेकाले ढुक्क भएर फाराम भर्न अनुरोध गरे । जनगणना फाराम भर्दा इथ्निसिटी समूहमा र मुख्य भाषाको प्रश्नमा यताउती कतै अलमल नगरी ‘नेपाली’ लेख्न डा. अधिकारीले अपील गरे। ‘इथ्निसिटीको प्रश्नमा नेपाली नलेखी अ...