NEWS

राजदुतावासको घुम्ती कन्सुलेट सेवा सहित बृहत अन्तरक्रिया

राजदुतावासको घुम्ती कन्सुलेट सेवा सहित बृहत अन्तरक्रिया

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स - गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको सहकार्यमा नेपाली राजदुतावास यूकेको तर्फबाट वेल्स राज्यमा आगामी अक्टोबर ३ का दिन घुम्ति कन्सुलेट सेवा तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत महामहिम लोक दर्शन रेग्मीज्यू लगायत राजदुतावासको टोलिले वेल्समा रहनुभएका नेपालीहरुलाई आईपरेका नेपाली राजदुतावास संग सम्बन्धित सरकारी काम, सेवा तथा सुविधा प्रदान गर्ने भएको हुँदा निम्न मिति, स्थान र समयमा आ आफ्नो काम वा समस्या सहित उपस्थित हुन् सम्पूर्ण वेल्सबासी नेपाली महानुभाबहरुमा सूचना सम्प्रेषण गरिएको छ। वेल्सभर छरिएर रहनुभएका धेरै भन्दा धेरै नेपाली समुदायलाई यो सेवावाट ठुलो सहयोग पुग्ने विश्वास लिंदै यस महत्वपुर्ण कार्यक्रममा स्थानीय संघ संस्थाहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने हुँदा यस कार्यमा समन्वयकरी भुमिकासहित सहभागी ...
वेल्स – २०२१ -२३ कार्यकालको पहिलो बैठक सम्पन्न

वेल्स – २०२१ -२३ कार्यकालको पहिलो बैठक सम्पन्न

Heading news, Meeting, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
वेल्स - ५ सेप्टेम्बर २०२१ आईतवारका दिन गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सका प्रमुख संरक्षक तथा रास्ट्रीय समन्वय परिसद युकेका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युको आतिथ्यता तथा राज्य समन्वय  परिसद वेल्सका अध्यक्ष श्री कृष्ण भन्डारी ज्युको अध्यक्षतामा राज्य समन्वय परिषद वेल्सको २०२१ -२३ का लागि नव गठित कार्य समितिको पहिलो भौतिक बैठक सम्पन्न भएको छ । बैठकमा निम्न अनुसारको उपस्थितिमा निम्न अनुसारको छलफल तथा निर्णयहरु भयो।  उपस्थिती - १. श्री राम चन्द्र पोखरेल-प्रमुख संरक्षक राज्य समन्वय परिषद वेल्श तथा उपाध्यक्ष रास्ट्रीय समन्वय परिषद युके २. श्री कृष्ण भन्डारी - अध्यक्ष राज्य समन्वय परिसद वेल्स ३. श्री अमृत घले - उपाध्यक्ष ४. श्री दिपक सुब्बा - सचिब ५. श्री सन्जिब मैनाली - सह-सचिब ६. श्री विभूषणमान श्रेष्ठ - कोषाध्यक्ष ७. श्रीमती शोभा राणा पोखरेल - सह-कोषाध्यक्ष ८. ...
वेल्समा जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन

वेल्समा जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन

Census 2021, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
वेल्स - २८ फेब्रुवरी २०२१ बेलायतको वेल्स, नर्दन आयरल्याण्ड र इंग्ल्यान्डमा यहि मार्च २१ का दिन  हुँदै गरेको जनगणनालाई मध्यनजर गरि गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्सले वेल्सभरि समेट्ने गरि वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल गठन गरेको छ।२८ फेब्रुवरी, आईतवारका दिन एनआरएनए यूकेका उपाध्यक्ष राम चन्द्र पोखरेलको प्रमुख आथित्यमा वेल्स राज्य समन्वय परिसदका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको परिसदको बैठकले वेल्स जनगणना ब्यबस्थापन प्रतिनिधि मण्डल मनोनयन गरेको हो। वेल्समा रहेका विभिन्न नेपाली संस्थाहरुको सक्रिय सहभागितामा वेल्सका सबै क्षेत्र समेटिने गरि प्रतिनिधि चयन गरिएको हो। जस अनुसार नेपाली समाज वेल्स यूके, वेल्स गोर्खा कम्युनिटी कम्ब्रान, ब्रेकन नेपाली समाज, क्यानेथ्ली गोर्खा नेपाली समाज, कार्डिफ विश्वबिध्यालयमा अध्ययनरत बिद्यार्थी संगठन - कार्ड...
वेल्समा जनगणना सम्बन्धि अन्तरक्रिया

वेल्समा जनगणना सम्बन्धि अन्तरक्रिया

Census 2021, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales
२१ फेब्रुवरी २०२१ - आईतवार - वेल्स यही मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिताका बारेमा वेल्समा अन्तरक्रिया सम्पन्न भएको छ ।गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिको आयोजनामा भएको सो कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारीले बेलायतको कानुनअनुसार बसोबास गर्ने सबैले जनगणनामा भाग लिनैपर्ने र जनगणनामा भाग नलिइएको थाहा पाएमा १ हजार पाउण्डसम्म जरिवाना र कालोसूचीमा राखिन सक्ने बताए। जनगणनामा भरिएका विवरणहरु सरकारका कुनै पनि निकायले १०० वर्षसम्म हेर्न नपाउने कानुनले नै ग्यारेन्टी गरेकाले ढुक्क भएर फाराम भर्न अनुरोध गरे । जनगणना फाराम भर्दा इथ्निसिटी समूहमा र मुख्य भाषाको प्रश्नमा यताउती कतै अलमल नगरी ‘नेपाली’ लेख्न डा. अधिकारीले अपील गरे। ‘इथ्निसिटीको प्रश्नमा नेपाली नलेखी अ...
विभागीय धन्यवाद सहित हार्दिक आभार

विभागीय धन्यवाद सहित हार्दिक आभार

'कोरोना भाइरस' (COVID-19), Corona Virus, COVID - 19, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Repatriation Campaign
   मिती: २८ जुन २०२० बिभिन्न कारणले बेलायत पाल्नुभएका र कोरोना भाइरस (COVID-19) को प्रभाबले लकडाउनमा परि नेपाल फर्कन अत्याबश्यकहरुलाई  बुधवार २४ जुन २०२० मा १४६ र शुक्रवार २६ जुन २०२० मा ८३ यात्रुहरु सहित जम्मा २२९ यात्रुहरुको उद्दार कार्य सम्पन्न भएको छ। कोरोना भाईरस प्रभाबको शुरुवात देखिनै गैरआवासीय नेपाली संघ, बेलायतले यस विषम परिस्थितिले उब्जाएको अनेकन समस्यामा परेकाहरुलाई सकेको सहयोग गर्ने अभिप्रायले हेल्प लाईन मार्फत समस्याहरु दर्ता गर्दै आबश्यकता अनुसार सहयोग पुर्याउदै आएको थियो। समस्यामा परेका कैयौं नेपालीहरुलाई सहयोग गर्ने अभिप्रायले आर्थिक सहयोग संकलन र त्यसको उचित परिचालन गरि अगाडी बढ्दै गरेको परिप्रेक्षमा धेरै नेपालीहरुले आफुहरु नेपाल फर्कन अत्याबश्यक रहेको र त्यसका लागि आबश्यक पहल गरिदिन अनुरोध आय लगत्तै उपाध्यक्ष राम चन्द्र पोखरेलको संयोजकत्वमा अर्का उपा...
बेलायतबाट नेपाल जान अत्यावश्यकहरुको नामावली संकलन अभियान: एक मार्गचित्र

बेलायतबाट नेपाल जान अत्यावश्यकहरुको नामावली संकलन अभियान: एक मार्गचित्र

COVID - 19 बेलायतबाट नेपाल जान अत्यावश्यकहरुको नामावली संकलन अभियान, NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Repatriation Campaign
राम चन्द्र पोखरेल उपाध्यक्ष  एवं अभियान संयोजक - गैरआवासीय नेपाली संघ बेलायत के हो नामावलि सँकलन अभियान? कोरोना भाईरस (COVID-19) को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजूभाईहरु आफ्नो परिवार तथा आफन्तहरु सँग पुनर्मिलन हुन वा आफ्नो मातृभूमि फर्कन बाट बन्चित हुनु परेको छ। बेलायत भ्रमणमा आएर भिषा सिद्दिएर कहिले नेपाल फर्कन पाईन्छ भनेर बस्नुभएका कैंयौं महानुभाबहरु, बिबिध समस्या झेलेर एता बस्नुभन्दा आफ्नो घर फर्कन चाहने बिध्यार्थीहरु र अन्य बिभिन्न परिस्थितिले बेलायत आई फर्कनबाट बन्चित हुनु भएकाहरु एवं यूके मा बसोबास गर्ने नेपाली जसको केहि महत्वपूर्ण कामले नेपाल जानुपर्ने भएपनि हालको यस परिस्थितिले बेसहारा जस्तै बनाइदिएको छ। त्यसैले यस अभियानको मूल उद्देश्य भनेको बेलायतमा भ्रमण गर्न आउनुभएका नेपाली, कुनै सेमिनार, गोष्टि, ताल...
बिभिन्न निर्णयहरुका साथ दोश्रो बैठक सम्पन्न

बिभिन्न निर्णयहरुका साथ दोश्रो बैठक सम्पन्न

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
फोटो सौजन्य: रमेश न्यौपाने  वेल्स, १२ जनवरी २०२० आईतवार  गैर-आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्सको २०१९/२१  कार्यसमितिको दोश्रो बैठक किंग्स हेड होटेल, आभारगाभेनीमा सँस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता तथा राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक राम चन्द्र पोखरेलको आतिथ्यमा बसी विभिन्न निर्णयहरुका साथ सु सम्पन्न भएको छ।   प्रस्ताब एबं निर्णय नम्बर १: राज्य समन्वय परिसद, वेल्सले यस कार्यकालमा हाल सम्म भए गरेका संस्थागत कामहरु प्रति समिक्षा गर्दै गैर-आवासीय नेपाली संघलाई बिदेशमा बसोबास गर्ने प्रतेक नेपालीका हितका लागि काम गर्न रास्ट्रीय, अन्तरास्ट्रिय एबं अन्य राज्य समन्वय परिसदहरुसंग हातेमालो गर्दै आफ्नो तर्फबाट सकेको पहल गर्ने निर्णय भयो। प्रस्ताब एबं निर्णय नम्बर २: राज्य समन्वय परिसद, वेल्सका प्रमुख संरक्षक तथा राष्ट्र...
सिमाना अतिक्रमणको बिरुद्धमा भारतीय दुताबास लन्डनमा बिरोध

सिमाना अतिक्रमणको बिरुद्धमा भारतीय दुताबास लन्डनमा बिरोध

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
नेपाली सिमानामा भएको भारतीय अतिक्रमणको बिरुद्धमा गैरआवासीय नेपाली संघ बेलायतको संयोजकत्वमा २ डिसेम्बर २०१९, सोमबारका दिन  दिउँसो १२ बजे भारतीय दुताबास लन्डनमा बिरोध कार्यक्रम सम्पन्न भएको छ।  कालापानी लगायत नेपालका बिबिध क्षेत्रमा भारतिय सिमा अतिक्रमण नेपाल र नेपाली विरुद्ध भारतीय पक्षबाट भएका ज्यादतीको बिरोध गर्दै, भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग समेटर प्रकाशित गरिएकोमा खेद प्रकट गर्दै उक्त नक्सा सच्याउनुपर्ने, कालापानीबाट भारतीय सेना तत्काल हटाउनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिएको बिरोध कार्यक्रममा सहभागी संपूर्ण देशभक्त बेलायत निवासी प्रबासी नेपालीहरुप्रति राज्य समन्वय परिसद, वेल्स हार्दिक धन्यवाद ज्ञापन गर्दछ।   गैरआवासीय नेपाली संघ बेलायतको संयोजकत्वमा सम्पन्न उक्त बिरोध कार्यक्रममा नेपाल र नेपाली प्रतिको मायाँ र...

सदस्यता सम्बन्धि अत्यन्त जरुरि सूचना !

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
गैर आबासीय नेपाली संघ बेलायतको २०१९ - २०२१ को चुनाब १४ सेप्टेम्बर २०१९ शनिवारका दिन हुन लागेको कुरा यहाँहरुमा जानकारी गराउदै, नयाँ सदस्यता दर्ता तथा नबिकरण सम्बन्धि महत्वपूर्ण जानकारी अबगत गराउन चाहन्छौं। नयाँ सदस्यता दर्ता वा नबिकरण राज्य समन्वय परिसद वेल्स मार्फत पठाउन चाहनु हुने महानुभाहरुले  २७ जुलाई २०१९ बिहान १० बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध छ। NRNA Wales 123 Ffordd Nowell Penylan Cardiff CF23 9FB अथवा, नयाँ सदस्यता दर्ता वा नबिकरण रास्ट्रीय परिसद बेलायतमा सिधै पठाउन चाहनु हुने महानुभाहरुले  ३१ जुलाई २०१९ बेलुकी ८ बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध छ।  NRNA UK Office Empire Hall, High Street, Aldershot, GU11 1DJ अथवा, नयाँ सदस्यता अनलाईनमा दर्ता गर्न सकिनेछ, अनलाईनमा दर्ता गर्...

प्रबासी नेपालीलाई मेरो सानो पत्र

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
राम चन्द्र पोखरेल अध्यक्ष गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद, वेल्स भुमिका नेपालको बिकासमा टेवा पुर्याउन र विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैरआवासीय नेपालीहरुको हितको संरक्षण गर्न संगठित रुपले अघि बढ्नका लागि आधारभूत विश्वमानब अधिकारलाई मनन गरि “गैरआवासीय नेपाली संघ” को स्थापना गरि संचालन भईरहेको सन्दर्भमा यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका आम गैरआवासीय नेपालीहरुको हक हितका सुरक्षा र प्रबन्ध गर्न नेपालीहरुको साझा र प्रतिनिधि मुलक संस्थाको रुपमा बिकाश गर्दै गैरआवासीय नेपाली पुँजी र मानब संसाधनलाई नेपालको चौतर्फी बिकासमा लगानी गर्न नेपाल सरकार र नेपाली उधमीहरुसंग साझेदारी स्थापना गर्ने र त्यसको विकास गर्दै बेलायत र विश्वभर छरिएर रहेका नेपालीहरुको माझ नेपाली कला, संस्कृति र भाबनालाई सधै उँचो राख्न आबश्यक पहल गर्दै अगाडी बढ्न ...