NRNA Wales

Uncategorized

वेल्समा राज्य समन्वय परिषद गठन

NEWS, NRNA, NRNA Events and Programs, NRNA membership, NRNA UK, NRNA UK SCC Wales, NRNA UK State Coordination Council, NRNA Wales, Uncategorized
वेल्स । गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको वेल्स राज्य परिषद गठन गरिएको छ । आइतबार वेल्सको राजधानी कार्डिफमा सम्पन्न पहिलो भेलाबाट रामचन्द्र पोखरेलको संयोजकत्वमा वेल्स परिषद गठन गरिएको हो । पोखरेल वेल्सस्थित नेपाली समाज वेल्सका अध्यक्ष हुन् । वेल्स परिषदको नवगठित कार्यसमितिको उपाध्यक्ष खेम क्षेत्री , सचिव निरालाल मोक्तान , सहसचिव प्रकाश कंडेल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठ र सहकोषाध्यक्ष एकबहादुर आले चुनिएका छन् ।सदस्यहरुमा दिपक लिम्बु, रामेश्वर देवकोटा , सिता राई, बलराम अधिकारी , डा जीवन केसी र मेमराज न्यौपानेलाई चयन गरिएको छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावाली घोषणा गर्दै कार्यसमिति चयन समितिका संयोजक एनआरएन यूकेका सल्लाहकार तथा बुद्धिजीवी शिवजी श्रेष्ठले वेल्सका सबैजसो क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व हुने गरी टीम चयन गरिएको जनाए । नवनिर्वाचित कार्यसमितिका पदाधिक...