Founder President

 Ram Chandra Pokharel

Founder President
17 Jun 2018 to 14 Sep 19
Chief Patron: NRNA SCC Wales

Vice President:
NRNA NCC UK
2019 – 21 & 2021 – 23

मेरा संदेश
गैर आवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण बेलायत बासी गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा बिकाश गर्दै संस्थालाई जनमुखी, पारदर्शी एवं बिधि र विधान अनुरुप चल्ने स्वस्च अभिभाबकसंगठन, र प्रत्येक नेपालीको आशाको केन्द्र बिन्दुको रुपमा स्थापित गर्ने प्रयास हो हाम्रो। गैरआवासीय नेपाली संघ बेलायतलाई एक विसुद्द सामाजिक संस्थाको रुपमा स्थापित गर्दै यस संस्थालाई सबल र सक्षम बनाउंदै सामाजिक परोपकारी संस्थाको रुपमा चिरपरिचित गराउन प्रयास गर्ने हो हाम्रो अभियान।

विभिन्न क्षेत्रबाट अनुभवी व्यक्तित्वहरु सम्मिलित एक कुशल नेतृत्वको बिकाश गर्दै गैरआवासीय नेपाली संघ बेलायतलाई नितान्त सामाजिक सेवामुलक संस्थाको रुपमा बिकाश गर्ने यो अभियान नर्दन आयरल्याण्ड, वेल्स, स्कटल्याण्ड हुँदै इंगल्याण्डका सबै क्षेत्रमा क्रियाशील बनाउँदै सबै नेपालीहरुको साझा संस्थाको रुपमा विकास गर्दै सबै नेपालीको अपनत्वको खातिर एकजुट गराउन पहलकदमी गर्ने प्रमुख अभिभारा छ हामीमाथि।

गैरआवासीय नेपाली संघ बेलायतलाई आर्थिक रुपमा पारदर्शी, सबल, सक्षम एवं जिम्मेवार संस्थाको रुपमा स्थापित गर्नु त् छदै छ। त्यतिमात्रै होईन, बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाहरुसंग सामाजिक सम्बन्ध विकास गर्दै गैर आवासीय नेपाली संघसंग सहज रुपमा सहकार्य लगायत जनहितसंग प्रत्यक्ष सरोकार राख्ने कार्यहरु एवं नेपाली भाषा, कला, साहित्य, संस्कृति, खेलकुद तथा पर्यटन प्रवर्द्धन साथै लगानी एवं विकासका लागि कार्य गर्नको लागि हामीमाथि ठुलो अभिभारा महशुस गरिएको यस परिप्रेक्षमा हाम्रो चाहना गैर आवासीय नेपाली संघ बेलायतलाई सुद्दिकरण गर्दै जनमुखी संस्थाको रुपमा स्थापीत गर्ने भन्ने हो। यस संस्था अन्तर्गत कार्य तथा सहकार्य गर्ने हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुमा सामाजिक, आर्थिक तथा अत्याबश्यक बैधानिक एवं कानुनि सचेतना बृद्दी गर्दै सहि नेतृत्व बिकाश गर्ने दिर्घकालिन अभियान हो यो त्यसैले यस अभियानलाई आ आफ्नो ठाउंबाट सकेको सहयोग गर्न हजुरहरु समक्ष हार्दिक अनुरोध छ।

धन्यवाद।
जुन – २०१८