अन्तरक्रिया भव्य – वेल्स एन आर एन को अर्को सफलता

आईतवार, २५ नोभेम्बर २०१८ – गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ |
जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतवार २५ नोभेम्बर २०१८ का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो |

गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको ब्रेकन सहरमा रहेको नेपाली सँस्था ब्रेकन नेपाली समाज युकेको सहकार्यमा आयोजना गरिएको यस बिशेष अन्तरक्रिया कार्यक्रममा राज्य समन्वय परिषद्का अध्यक्ष श्री राम चन्द्र पोखरेलले अध्यक्षता गर्नु भएको थियो |
गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय तथा राज्य समन्वय परिसदका सल्लाहकार, ब्रेकन नेपाली समाजका प्रमुख सल्लाहकार एबम समाजसेवी मेजर रिटायर्ड श्री खुशिमान गुरुङ एम.भी.ओले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा राज्य समन्वय परिषद, वेल्सलाई धन्यवाद दिदै कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक आभारका साथ  कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो |

गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री प्रेम गाहा मगरले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघ र भू पु गोर्खाहरुको सम्बन्ध र गोर्खा आन्दोलनको बिषयमा प्रकाश पार्नुभएको थियो |
तेस्तैगरि अर्का उपाध्यक्ष श्री शेर सुनारले  गैर आबासिय नेपाली संघ र यसका सदस्यता सम्बन्धि सम्बोधन गर्दै बेलायतमा रहेका प्रतेक राज्य र क्षेत्रमा गैर आबासिय नेपाली संघ पुग्ने अठोटका साथ आगाडी बढेको र बढी भन्दा बढी सदस्यता बनाउदै विश्वभरिका गैर आबासिय नेपालीको मुद्दामा एकढिक्का भएर अगाडी बढ्न सबैमा हार्दिक अनुरोध गर्नुभयो |

कार्यक्रमलाई सम्बोधन गर्दै अर्की उपाध्यक्ष श्रीमती पुनम गुरुङले २९ सेप्टेम्बर २०१८ मा गैर आबासिय नेपाली संघ बेलायतले आयोजना गरेको काउन्सिल बैठकमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दै उक्त काउन्सिल बैठकमा भएका उपलब्धिहरु सबै सामु प्रस्तुत गर्नु भएको थियो कार्यक्रमका  प्रमुख अतिथि गैर आबासिय नेपाली संघ बेलायत रास्ट्रीय समन्वय परिसदका अध्यक्ष श्री योग कुमार फगामीले  गैर आवासिय नेपाली संघ देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागि संगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द रहेकोमा खुशी ब्यक्त गर्दै गैर आवासिय नेपाली संघलाई अझ मजबुत बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको मायाँ, सदभाब र सहयोग आबस्यक पर्ने हुनाले गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आबश्यक सल्लाह र सुझाब दिनुहुन अनुरोध गर्नुभयो भने हामी सबै मिलेर काम गर्न सकेमा समस्याको समाधानमा धेरै सहज हुने धारणा ब्यक्त गर्नुभयो | सम्बोधनकै क्रममा उहाँले रास्ट्रीय र अन्तरास्ट्रिय रुपमा गैर आबासिय नेपाली संघले गरेका उपलब्धि बारे प्रकाश पार्नुभयो |
अन्तरक्रिया कार्यक्रमका बिशेष आकर्षण अधिबक्ता श्री गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिनुभयो | तेस्तै गरि उहाँले नेपालको बर्तमान कानुनी व्यबस्थाको सरल भाषामा ब्याख्या गर्दै तेसले गैर आवासिय नेपालीहरुमा पर्न सक्ने व्यवधानप्रति समिक्षा गर्नुभएको थियो | कार्यक्रममा उपस्थित प्रतेक महानुभाबहरु अधिबक्ता श्री बेलबासेले दिनु भएको जानकारी बढो रुची पुर्बक आ  आफ्नो मस्तिस्कमा खिचिरहेका थिए भने कैयौं महानुभाबहरु विभिन्न प्रश्नहरुको उत्तरको पर्खाइमा रहेका देखिन्थे | अधिबक्ता श्री बेलबासेले नेपाली नागरिकता निरन्तरता आन्दोलनको बिषयमा प्रकाश पार्दै यस अभियानमा सबै गैर आवाशीय नेपालीले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अति आबश्यक रहेको कुरा प्रस्ट पार्नुभयो |
वेल्स राज्यको ब्रेकन सिटीमा आयोजना गरिएको बिशेष अन्तरक्रिया कार्यक्रममा राज्य समन्वय परिसदका सचिब श्री निर लाल मोक्तानले संचालन गर्नु भएको थियो भने  कार्यक्रममा ब्रेकन, कमब्रान, आभारगाभेनी र कार्डिफका बिसिस्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो |
कार्यक्रमका अध्यक्ष एबम राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्व बारे प्रकाश पार्दै कार्यक्रममा उल्लासमय उपस्थिति जनाउनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै ढिलै भएपनि वेल्समा गैर आवासिय नेपाली संघ स्थापना हुनु गौरबको कुरा रहेको र प्रतेक नेपालीहरुको हितका लागि कार्यसमिति डटेर काम गर्न तयार रहेको बिस्वस्त पार्नुभयो | अध्यक्ष पोखरेलले आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुको पिर, मर्का र समस्या बुझ्न यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै राज्य समन्वय परिषद समक्ष आएका समस्याहरुको निराकरणको लागि सकेको पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्दै कुनै समस्या भएमा बिना हिचकिचावट सम्पर्क गर्न अनुरोध गर्नुभयो भने कार्यक्रम सफल पार्न हरतरहले सहयोग पुर्याउनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो |
कार्यक्रम दिनको १२:३० मा शुरु गरि करिब १७:०० बजे समापन गरिएको थियो | कार्यक्रमलाई भब्यताका साथ सफल पार्न सहयोग पुर्याउनु हुने राज्य समन्वय परिसद, वेल्सका कार्यसमितिका महानुभाबहरु श्री खिम क्षेत्री, श्री निर लाल मोक्तान, श्री प्रकाश कंडेल, श्री विभूषण श्रेष्ठ, श्रीमती सिता राई, श्री एक बहादुर आले,  श्री बलराम अधिकारी, श्री दीपक सुब्बा, श्री रामेश्वर देवकोटा, श्री मेम राज न्यौपाने र सल्लाहकारहरु श्री बद्रि योंग्या, श्रीमती रत्ना राई, श्री मन प्रसाद चेम्जोंग, श्री महेश देवकोटा, श्री मति प्रसाद पुन, श्री पूर्ण चन्द्र लिंग्देंन, श्री खड्क चोङ्गबाङ्ग, श्रीमती सीता गाहा र श्री कृष्ण भण्डारी  र ब्रेकन नेपाली समाज युकेका अध्यक्ष श्री गुमन धोज लिम्बु लगायत कार्यसमितिका सम्पूर्ण महानुभाबहरुमा गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स हार्दिक कृतज्ञता ज्ञापन गर्दछ |

बिशेष धन्यवाद !
श्री योग कुमार फगामी – अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री शेर सुनार –  उपाध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्रीमती पुनम गुरुङ – उपाध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री प्रेम गाहा मगर – उपाध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री गोबिन्द बेलबासेले, अधिबक्ता तथा सल्लाहकार गैर आवासिय नेपाली संघ बेलायत
मेजर रिटायर्ड श्री खुशिमान गुरुङ एम.भी.ओ – अध्यक्ष तमु पे ल्हु संघ युके, गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय/राज्य समन्वय परिसदका सल्लाहकार, ब्रेकन नेपाली समाजका  प्रमुख सल्लाहकार एबम समाजसेवी
श्री अमृत घले – अध्यक्ष, नेपाली समाज वेल्स, युके

कार्यक्रममा सहभागी भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिंदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण वेल्स निवासी आदरणीय समाजसेवी अग्रजहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र सम्पूर्ण प्रिय दाजुभाई तथा दिदीबहिनीहरुमा गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स हार्दिक धन्यवाद व्यक्त गर्दछ |


Leave a Reply

Your email address will not be published. Required fields are marked *