आईतवार, २५ नोभेम्बर २०१८ – गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अर्को बिशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ |
जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतवार २५ नोभेम्बर २०१८ का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो | अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो |
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको ब्रेकन सहरमा रहेको नेपाली सँस्था ब्रेकन नेपाली समाज युकेको सहकार्यमा आयोजना गरिएको यस बिशेष अन्तरक्रिया कार्यक्रममा राज्य समन्वय परिषद्का अध्यक्ष श्री राम चन्द्र पोखरेलले अध्यक्षता गर्नु भएको थियो |
गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय तथा राज्य समन्वय परिसदका सल्लाहकार, ब्रेकन नेपाली समाजका प्रमुख सल्लाहकार एबम समाजसेवी मेजर रिटायर्ड श्री खुशिमान गुरुङ एम.भी.ओले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा राज्य समन्वय परिषद, वेल्सलाई धन्यवाद दिदै कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक आभारका साथ कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो |
गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री प्रेम गाहा मगरले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघ र भू पु गोर्खाहरुको सम्बन्ध र गोर्खा आन्दोलनको बिषयमा प्रकाश पार्नुभएको थियो |
तेस्तैगरि अर्का उपाध्यक्ष श्री शेर सुनारले गैर आबासिय नेपाली संघ र यसका सदस्यता सम्बन्धि सम्बोधन गर्दै बेलायतमा रहेका प्रतेक राज्य र क्षेत्रमा गैर आबासिय नेपाली संघ पुग्ने अठोटका साथ आगाडी बढेको र बढी भन्दा बढी सदस्यता बनाउदै विश्वभरिका गैर आबासिय नेपालीको मुद्दामा एकढिक्का भएर अगाडी बढ्न सबैमा हार्दिक अनुरोध गर्नुभयो |
अन्तरक्रिया कार्यक्रमका बिशेष आकर्षण अधिबक्ता श्री गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आ
वेल्स राज्यको ब्रेकन सिटीमा आयोजना गरिएको बिशेष अन्तरक्रिया कार्यक्रममा राज्य समन्वय परिसदका सचिब श्री निर लाल मोक्तानले संचालन गर्नु भएको थियो भने कार्यक्रममा ब्रेकन, कमब्रान, आभारगाभेनी र कार्डिफका बिसिस्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो |
कार्यक्रमका अध्यक्ष एबम राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्व
कार्यक्रम दिनको १२:३० मा शुरु गरि करिब १७:०० बजे समापन गरिएको थियो | कार्यक्रमलाई भब्यताका साथ सफल पार्न सहयोग पुर्याउनु हुने राज्य समन्वय परिसद, वेल्सका कार्यसमितिका महानुभाबहरु श्री खिम क्षेत्री, श्री निर लाल मोक्तान, श्री प्रकाश कंडेल, श्री विभूषण श्रेष्ठ, श्रीमती सिता राई, श्री एक बहादुर आले, श्री बलराम अधिकारी, श्री दीपक सुब्बा, श्री रामेश्वर देवकोटा, श्री मेम राज न्यौपाने र सल्लाहकारहरु श्री बद्रि योंग्या, श्रीमती रत्ना राई, श्री मन प्रसाद चेम्जोंग, श्री महेश देवकोटा, श्री मति प्रसाद पुन, श्री पूर्ण चन्द्र लिंग्देंन, श्री खड्क चोङ्गबाङ्ग, श्रीमती सीता गाहा र श्री कृष्ण भण्डारी र ब्रेकन नेपाली समाज युकेका अध्यक्ष श्री गुमन धोज लिम्बु लगायत कार्यसमितिका सम्पूर्ण महानुभाबहरुमा गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स हार्दिक कृतज्ञता ज्ञापन गर्दछ |
बिशेष धन्यवाद !
श्री योग कुमार फगामी – अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री शेर सुनार – उपाध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्रीमती पुनम गुरुङ – उपाध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री प्रेम गाहा मगर – उपाध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री गोबिन्द बेलबासेले, अधिबक्ता तथा सल्लाहकार गैर आवासिय नेपाली संघ बेलायत
मेजर रिटायर्ड श्री खुशिमान गुरुङ एम.भी.ओ – अध्यक्ष तमु पे ल्हु संघ युके, गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय/राज्य समन्वय परिसदका सल्लाहकार, ब्रेकन नेपाली समाजका प्रमुख सल्लाहकार एबम समाजसेवी
श्री अमृत घले – अध्यक्ष, नेपाली समाज वेल्स, युके
कार्यक्रममा सहभागी भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिंदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण वेल्स निवासी आदरणीय समाजसेवी अग्रजहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र सम्पूर्ण प्रिय दाजुभाई तथा दिदीबहिनीहरुमा गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स हार्दिक धन्यवाद व्यक्त गर्दछ |