NRNA Wales

बिशेष अन्तरक्रिया कार्यक्रम

गैर आवासिय नेपाली
संघ बेलायत राज्य समन्वय परिषद
, वेल्स (Non-Resident Nepali
Association-UK State Coordination Council, Wales)
ले बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने
भएको छ
| जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा
आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका
बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय
, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले यहि सेप्टेम्बर २ आईतबारका दिन
बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो
| आसन र भाषण जस्ता कुनै फर्मल कार्यक्रम नरहेको यस अन्तरक्रियामा बिसुद्द
समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा
आधारित रहेर प्रश्न र उत्तरका साथ अहिलेको समसामयिक बिषयको बढि भन्दा बढि जानकारी
आदान प्रदान गर्ने यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ
|
बिशेष गरि निम्न बिषयबस्तुमा अन्तरक्रिया केन्द्रित रहनेछ |


  • गैर आवासिय नेपाली
    संघ र यस अन्तर्गतका बिषयमा छलफल
§   भर्खरै गठन भएको गैर आवासिय नेपालीसंघ बेलायत राज्य समन्वय परिषद वेल्स सम्बन्धि
छलफल

            – राम चन्द्र पोखरेल, अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स

§  गैर आवासिय नेपालीहरु NRNA को सदस्य बन्ने किन?

       –    आर के त्रिपाठी, महासचिब, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद

§ 
राष्ट्रिय र अन्तरास्ट्रिय NRNA ले नेपाली समाजलाई
गरेका बिशेष योगदानको समिक्षा

       – योग कुमार फगामी, अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिषद 

· गैर आवासिय नेपालीहरुको नेपाल संगको आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य सम्बन्ध र समस्याको चिरफार

       – गोबिन्द बेलबासे, कानुनविद र अभियन्ता – नेपाली नागरिकताको निरन्तरता

·   भू पु गोर्खाहरु गैर आवासिय नेपाली भित्र पर्छन कि पर्दैनन?

       –    गोबिन्द बेलबासे,
कानुनविद एबं
अभियन्ता – नेपाली नागरिकताको निरन्तरता

·   प्रश्न र उत्तर कार्यक्रम

      – तारा नाथ भण्डारी, सचिब (कानुन बिभाग),
गैर आवासिय नेपाली
संघ बेलायत
, राष्ट्रिय समन्वय परिषद

      –    योग कुमार फगामी,
अध्यक्ष, गैर आवासिय नेपाली संघ बेलायत, राष्ट्रिय समन्वय परिषद

      –    गोबिन्द बेलबासे,
कानुनविद एबं
अभियन्ता – नेपाली नागरिकताको निरन्तरता

कार्यक्रम हुने
स्थान:

Oak
Field Community Hall

Cwmbran

NP44
3DB

मिति: आईतवार, २ सेप्टेम्बर २०१८

समय: २ बजे

कार्यक्रममा सहभागी
भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिनु हुन् सम्पूर्ण वेल्स
निवासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ
|

धन्यवाद !

गैर आवासिय नेपाली
संघ बेलायत राज्य समन्वय परिषद
, वेल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version