NRNA Wales

सदस्यता सम्बन्धि अत्यन्त जरुरि सूचना !

गैर आबासीय नेपाली संघ बेलायतको २०१९ – २०२१ को चुनाब १४
सेप्टेम्बर २०१९ शनिवारका दिन हुन लागेको कुरा यहाँहरुमा जानकारी गराउदै
, नयाँ सदस्यता
दर्ता तथा नबिकरण सम्बन्धि महत्वपूर्ण जानकारी अबगत गराउन चाहन्छौं।

नयाँ सदस्यता दर्ता वा नबिकरण राज्य समन्वय परिसद वेल्स मार्फत
पठाउन चाहनु हुने महानुभाहरुले  २७ जुलाई
२०१९ बिहान १० बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन अनुरोध
छ।

NRNA Wales

123 Ffordd Nowell

Penylan Cardiff

CF23 9FB

अथवा,

नयाँ सदस्यता दर्ता वा नबिकरण रास्ट्रीय परिसद बेलायतमा
सिधै पठाउन चाहनु हुने महानुभाहरुले  ३१
जुलाई २०१९ बेलुकी ८ बजे भित्र सदस्यता विवरण निम्न ठेगानामा उपलब्ध गराईदिनु हुन
अनुरोध छ। 

NRNA UK Office

Empire Hall, High Street,

Aldershot, GU11 1DJ

अथवा,

नयाँ सदस्यता अनलाईनमा दर्ता गर्न सकिनेछ, अनलाईनमा दर्ता
गर्नको लागि यहाँ थिच्नुहोला।

दस्यता सम्बन्धी अन्य जानकारी:

सदस्यता लिन इच्छुक र योग्य महानुभावहरुले सदस्यता आबेदन
अनलाइन बाट गर्नु पर्नेछ 

ब्यवहारिक कठिनाइलाई सेमत ध्यानमा राख्दै कागजी फारमलाई पनि
मान्यता दिईनेछ

सदस्यता सुल्क £१० सँस्थाको नाममा रहेको बैंक खाता

NRNA UK

Lloyds Bank

Sort Code: 30-99-88

Account No: 54502768

मा डेबिड कार्ड वा पेपाल मार्फत पेमेन्ट गर्न सकिनेछ । अथवा
सँस्थाको नाममा (
NRNA UK) पोस्टल अर्डर, चेक वा नगद जम्मा गर्नु पर्ने छ । चेक वा पोस्टल
अर्डर बैंकमा जम्मा भएको रुजु भए पस्चात मात्र सो सदस्यता नामावली  प्रकाशित गरिने छ।


नयाँ सदस्यता बन्नको लागि आबश्यक कागजात:

Completed membership form

Copy of identity card

Copy of proof of address

Latest Passport size photo

नबिकरणको लागि:

गैर आबासीय नेपाली संघ सदस्यता कार्डको (२०१७ – १९) को  प्रतिलिपी, पासपोर्ट साइजको फोटो र
दस्तुर सहित फाराम भरी
NRNA UK को कार्यलयमा ३१ जुलाई २०१९ बेलुकी ८ बजे भित्र आई पुग्नु
पर्ने छ ।

निर्वाचनको दिन आधीकारीक परिचय पत्र (माथी उल्लेखित) को
सक्कल देखाएर मात्र मतदानमा भाग लिन पाइने छ।

सम्बन्धित ब्यक्तीको सहमती बिना अन्य कुनै ब्यक्तिले
सदस्यताको लागि आवदेन दिन पाउने छैन ।

सदस्यको संपर्क ठेगाना आफु बस्ने स्थानको हुनु पर्ने छ ।
कुनै सँस्था वा सार्वजनिक स्थलको मान्य हुने छैन ।

सदस्यता सम्बन्धि जानकारि भिडियोमा हेर्नुहोसः



गैर आबासीय नेपाली संघ बेलायतको २०१९ – २०२१ को चुनाबमा
सहभागी हुनको लागि ३१ जुलाई २०१९ बेलुकी ८ बजे भित्र नयाँ सदस्यता दर्ता वा नबिकरण
गरि सक्नु पर्नेछ।

त्यस दिन पछि पनि सदस्यता बन्न भने सकिनेछ तर २०१९ –
२०२१  चुनाबमा सहभागी हुन भने पाईने छैन।
त्यसैले आ आफ्नो क्षेत्रबाट गर्नु पर्ने सदस्यता सम्बन्धि कामहरु यथाशिग्र गर्न
गराउन हार्दिक अनुरोध गरिन्छ। 

चुनाब सम्बन्धि अन्य जानकारी छिट्टै प्रकाशित हुनेछ

धन्यबाद

राज्य समन्वय परिसद, वेल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version